चितवनमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

चितवन – चितवनमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । राप्ती नगरपालिका ४ मा बस्ने ४५ बर्ष का बिष्णुभक्त श्रेष्ठको उपचारको क्रममा पुरानो मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ बजे राप्ती नगरपालिका ५ खहरेपुल नजिकै पुर्बपश्चिम राजमार्गमा भरतपुरबाट पिप्ले तर्फ जाँदै गरेको बा. प्र.०३-००१ क ०८९२ नं. को अंकुरम एकेडेमीको स्कुल बसले सोहि दिशा तर्फ जाँदै गरेको साईकललाई ठक्कर दिदा गम्भिर घाईते उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा बिहान करिब दश बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसचालक नुवाकोट तारकेश्वर गाउंँपालिका ४ बस्ने बर्ष २५ को ईश्वर श्रेष्ठ र साईकल प्रहरीको नियन्त्रणमा लिईएको छ ।

सेयर गर्नुहोस्