पोखरा बसपार्कको होटलमा सुतेका एक पुरुष मृत भेटिए, अनुसन्धान जारी

चितवन । नारायणगढ पोखरा बसपार्कस्थित एक होटलमा सुतेकै अवस्थामा एकजना पुरुषको शव भेटिएको छ । पोखरा बसपार्कस्थित न्यू दिप होटलमा बसेका बसेका माडी–८ निवासी अन्दाजी ५२ बर्षका लोकबहादुर राना मृत भेटिएका हुन् ।दिउँसो ४ बजेसम्म कोठा नखुलेपछि सोधखोज गर्दा बेडमा उत्तानो परी सुतेको र एउटा खुट्टा भुईंमा टेकिएको अवस्थामा राना मृत भेटिएको जनाइएको छ ।

राना होटलमा एक्लै बसेको र साँझ सादा खाना खाएर सुतेको लज सञ्चालकको भनाई छ । रानाको शव भेटिएसंगै माडी नगर उपप्रमुख खेमप्रसाद महतो र माडी–८ का वडाध्यक्ष वीरेन्द्र भण्डारी एवं रानाका परिवार र आफन्तहरु लजमा पुगेका छन् । शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

सेयर गर्नुहोस्