अमेरिकामा अर्को विमान दुर्घटना, विमानस्थलमै दुई विमान ठोक्किए

एरिजोना, माघ २९-

अमेरिकाको एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा सोमबार विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ। विमानस्थलमा दुई निजी विमानहरू एकअर्कासँग ठोक्किएका थिए, जसमा अन्य धेरै मानिसहरू घाइते भएका हुन् ।

यो दुर्घटनापछि सबै उडानहरू रद्द गरिएका छन्। उड्डयन योजना र आउटरिच संयोजक केली कुएस्टरका अनुसार स्कट्सडेल विमानस्थलमा एउटा मध्यम आकारको व्यावसायिक जेट धावनमार्गबाट ​​बाहिर निस्केर एउटा निजी जेटसँग ठोक्किँदा दुर्घटना भएको थियो।

अमेरिकामा पछिल्लोसमय लगातार विमान दुर्घटनाहरू भइरहेका छन् । वासिङ्टन डिसीमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर र यात्रुवाहक विमान आकाशमा नै ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो । लगत्तै फिलाडेल्फियामा मेडिकल जेट दुर्घटना हुँदा ७ जना र अलास्कामा अर्को विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।
सेयर गर्नुहोस्