सुनको भाउ १ लाख ७० हजार नाघ्यो

काठमाडौं, माघ २९-

मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ । योसँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ थियो ।

यसअघि नेपालमा कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड छ । त्यतिबेला सुनको भन्सार दर २० प्रतिशत थियो । हाल भन्सार दर १० प्रतिशत छ ।

सेयर गर्नुहोस्