वर्तमान सरकार देशलाई नै असफल बनाउने दिशातर्फ अगाडि बढेको आरोप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका छन् ।
बिहीवार ललितपुरमा ‘श्रम उत्पादनमा वाईसीएल अभियान’ को शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सुशासनका विरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको छ ।’