पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–हेटौंडा सडकखण्डको स्तरोन्नतिका लागि ठेक्का आह्वान गर्ने काम अन्तिम चरणमा पुगेको छ । यही सडक खण्ड अन्तरगत नारायणगढको पुलचोक–गोन्द्राङ खण्डको स्तरोन्नती भएको करिब एक वर्षपछि हेटौंडासम्को खण्डका लागि नयाँ ठेक्का आह्वान गर्न लागेको हो ।
‘फ्लाइओभर ३–३ लेनको बन्नेछ,’ ढकालले भने, ‘जसमा दुवैतर्फ १–१ लेन यात्रुलाई हिँड्न र साइकल चलाउन मिल्ने खालको बन्छ, बाँकी ४ लेनमा २–२ लेनमा दुवैतर्फ सवारी ओहरदोहोर गर्नेछन् ।’ जुन पुलमा बसेर आन्तरिक तथा बाह्य पर्यटकले फोटो र भिडियो खिच्न पाउने उनले सुनाए ।
फ्लाइओभरमा ६७ वटा त पिलर मात्र रहनेछन् । ‘फ्लाइओभर माथिबाट सवारीसाधन गुड्नेछन् भने त्यसको तलबाट वन्यजन्तु ओहरदोहोर गर्नेछन्,’ उनले भने, ‘वन्यजन्तुको सुरक्षाका लागि नै यस्तो फ्लाइओभर निर्माण गर्न लागिएको हो । टिकौली जंगलमा सवारीसाधनको ठक्करबाट धेरै वन्यजन्तु मर्ने गरेका छन् ।’
आयोजनाले नारायणगढबाट हेटौंडासम्म ७० किलोमिटर सडकखण्डको स्तरोन्नति गर्न लागेको छ । अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम अन्तिम चरणमा रहेको र निर्माणका लागि तयार पारिएको डिजाइन पनि स्वीकृत हुने चरणमा रहेको ढकालले जानकारी दिए । जसमा एडीबीले करिब तीन अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने समझदारी भएको उनले बताए ।







