गैँडाकोटमा पुस २५ गतेदेखि महोत्सव हुने

पुस २५ गतेदेखि पूर्वी नवलपरासीको गैडाकोटमा गैडाकोट महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघ गैंडाकोटको आयोजनामा नारायणी नदी किनारमा हुने महोत्सव पुस २५ गतेदेखि माघ १० गतेसम्म महोत्सव हुन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

१५ दिनसम्म चल्ने महोत्सवले जेनजी आन्दोलनपछि निजी क्षेत्रमा परेको प्रभावलाई उत्थान गर्नका लागि विशेष भूमिका खेल्ने आयोजकले अपेक्षा गरेको छ । उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जेनजि आन्दोलनमा निजी क्षेत्रमा भएको तोडफोड गर्नेहरुलाई कारबाही गर्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेशको समग्र विकास सम्भावनाको प्रतिकका रुपमा गैंडाकोट महोत्सव रहेको भन्दै उहाँले यसलाई थप व्यवहारीक र परिणाम मुखी बनाउने उहाँको भनाई छ ।

माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीलाई तिब्र बनाइएको गैँडाकोट महोत्सव मूल आयोजक समितिका सदस्य मेघराज कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा स्थानीय उत्पादनलाई प्रमुख स्थान दिईएको छ । यसले स्थानीय बजारमा सीधा आर्थिक गतिविध बढाउन महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो । महोत्सवमा २ सय ५० बढी स्टल रहनेछन् । चौथो गैँडाकोट महोत्सव आकर्षक बनाइने बताइएको छ ।

महोत्सवमा सांस्कृतिक तथा सांगितिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहनेछन् । महोत्सवमा प्रत्येक दिन राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थिती रहनेछ ।

सेयर गर्नुहोस्