विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकीकरणमा सहभागी नहुने भएका छन् ।
‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म यो एकीकरणमा सामेल छैन।’
अब केही समय मौन रहने र नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेपनि उनको घोषणा छ । ‘अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु। त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु’ उनी लेख्छन्, ‘आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ । विवेकशील पनि ‘स्वतन्त्र’ भयो ।’






