नारायणगढ जेसीजको अध्यक्षमा सिनेटर जेसी सन्तोष पन्डित चयन भएका छन् ।
जेसीज सचिवालयमा भएको चौथो साधारणसभा तथा ४८औं शाखा अधिवेशनबाट पन्डित सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । जेसीजले हालै गरेको `जेसीज सप्ताह´लाई भव्यरुपमा सम्पन्न गर्न पन्डितले महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
यस्तै नारायणगढ जेसीजको कार्यकारिणी उपाध्यक्षमा जेसी प्रदीप पौडेल र जेसी सन्जिव पौडेल चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षहरुमा जेसी निसान हमाल, सुरज पन्डित, इ.अश्विन पौडेल, सुशील सापकोटा चयन भएको निर्वाचन समितिका मनोनयन प्रमुख सिनेटर राजेन्द्र भट्टराईले जानकारी दिए ।
यसैगरी निर्देशकमा जेसी गणेश पान्डे, सौगात तिवारी, विनय पौडेल र सविन पौडेल चयन भएका छन् ।
अधिवेशन जेसीजका अध्यक्ष रविन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।







