सुनको मूल्य आज ७०० ले बढ्यो

स्थानिय बजारमा सुनको मूल्य आज ७०० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलाको दुई लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको छ।

गएको बिहीबार, शुक्रबार र आइतबार लगातार घटेको सुनको मूल्य आज बढेको हो । बिहीबार आठसय त्यसैगरि शुक्रबार नौसय रुपैयाँ र आइतबार सुनको मूल्य प्रतितोला दुईसय रुपैयाँले  घटेको थियो ।

आज चाँदीको मूल्य भने केही घटेको छ। चाँदीको मुल्य प्रतितोला २० रुपैयाँ घटेर तोलाको तीन हजार पाँचसय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 

सेयर गर्नुहोस्