एमाले महाधिवेशनमा मतदान सुरु, एकजनालाई मतदान गर्न ३० देखि ४० मिनेट लाग्ने

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा मतदान सुरु भएको छ । एमाले अध्यक्षका निम्ति उमेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल तथा महासचिवका उमेदवार शंकर पोखरेल र सुरेन्द्र पाण्डेले अहिले मतदान गरिरहेका छन् ।

हिजो नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउँदै आजबाट मतदान सुरु गरिएको हो । विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेको छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान भइरहेको हो । एकजनालाई मतदानका लागि ३० देखि ४० मिनेट लाग्ने बताइएको छ ।

एमाले अध्यक्षका निम्ति केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । उनीहरू प्यानल बनाएरै प्रतिस्पर्धा गरिरहेका छन् । महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । सबै पदमा गरी ३०० भन्दा बढी उमेदवार छन् ।

सेयर गर्नुहोस्