सुनको मूल्य हालसम्मकै उच्च , तोलामा ५ हजार ५ सय बढ्यो

अघिल्लो दिनदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँले बढेर २ लाख ६७ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन २ लाख ६१ हजार ७ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै,चाँदीको भाउमा पनि केही दिनदेखि नै उच्च मूल्यको रेकर्ड बनिरहेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँ मूल्य बढेको छ । प्रतितोला ४ हजार २३५ रुपैयाँमा अघिल्लो दिन कारोबार भएको चाँदी आज ४ हजार २५५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ६९ अमेरिकी डलर नाघेको छ ।

अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । मंगलबार कारोबार भइरहँदा नेपाली समय १०:५० बजे प्रतिऔंस सुनको भाउ ४ हजार ४८५ अमेरिकी डलर पुगेको छ । एक प्रतिऔंस बराबर २ः४३ तोला हुन्छ ।

 

सेयर गर्नुहोस्