सुनचाँदीको मुल्यमा केही गिरावट ,कतिमा हुदैँछ कारोबार ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । आजको लागि सुनको मूल्य तोलाको दुई लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै , चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ४०० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला चार हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्