जस्मिन पेन्ट्स लिमिटेडले चाडपर्वलाई लक्षित गरेर गत भदौ महिनादेखि कात्तिक मसान्तसम्म सञ्चालन गरेको ग्राहक उपहार योजना चाडपर्वको उमंग, जापान घुमौँ जस्मिन पेन्ट्ससँगुको बम्पर उपहार विजेता घोषणा गरेको छ । कम्पनीका ब्रान्ड एम्बासडर पारस खड्काको उपस्थितिमा एक कार्यक्रमबीच लक्की ड्र कुपनमार्फत विजेताको घोषणा गरिएको हो ।
कम्पनीका अनुसार, बम्पर उपहार योजनामा नेपालगञ्ज निवासी देवी बुढाले जापान भ्रमण गर्ने अवसर प्राप्त गरेकी छन् । यसका साथै अन्य ग्राहकहरूले पनि विभिन्न उपहारहरू प्राप्त गर्न सफल भएको जनाइएको छ । जसमा ७५ जनाले डिनर सेट, १०५ जनाले हिटर, १५१ जनाले आइरन र ७५० जनाले भित्तेघडीसहित जम्मा एक हजार ८२ जनाले विभिन्न उपहारहरू जित्न सफल भएको कम्पनीले जनाएको छ ।
तीन महिनासम्म सञ्चालन भएको उक्त उपहार योजनामा जस्मिन पेन्ट्सका उत्पादनहरू खरिद गरेका नेपालभरका दुई हजार ६४७ भन्दा बढी ग्राहकहरू समावेश भएका थिए । ग्राहकहरूलाई ७५ हजार रुपैयाँबराबरको जस्मिन पेन्ट्सका उत्पादनहरूको खरिदमा एउटा बम्पर कुपन प्रदान गरिएको थियो । ग्राहकहरूको उत्साहजनक सहभागिताले यस उपहार योजना सफल भएको र यसबाट कम्पनीको व्यावसायिक वृद्धिमा सहयोग मिलेको कम्पनीका कन्ट्री म्यानेजर डिल्ली राम पौडेलले बताए ।







