नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बनेका छन । उनले पद तथा गोपनीयताको शपथ लिएका छन् । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहेका शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री बनाएकी हुन ।
चितवनको माडी घर भएका शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गरे । सेनाको विभिन्न तहमा नेतृत्वदायी भूमिकामा रहेका उनी अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थसमेत झन्डै ४ वर्ष खटिएका थिए । माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न शर्माको महत्त्वपूर्ण भूमिका थियो ।







