नारायणी एक्स्पो २०८२ को तयारी अन्तिम चरणमा

चितवन – चितवन स्थित नारायणी किनारमा हुने नारायणी एक्सपोको तयारी अन्तिम चरणमा पुगेको छ। यहि पौष ३० देखि माघ १४ गतेसम्म हुने एक्सपोको तयारी अन्तिम चरणमा पुगेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

रेड रक इभेन्ट एण्ड म्यानेजमेन्ट प्रालि, भरतपुर–चितवनद्वारा आयोजित एक्सपोको करिब ८० प्रतिशत तयारी पूरा भइसकेको छ। २०० भन्दा बढी व्यावसायिक, औद्योगिक, कृषि, पर्यटन तथा सेवामूलक स्टलहरू रहनेछ ।

यस वर्षको नारायणी एक्सपोको प्रमुख आकर्षणका रूपमा विश्वप्रसिद्ध सहरहरूको थिम–सेटअप प्रस्तुत गरिँदैछ। लन्डन सिटी ९ब्रिजसहित०, पेरिस सिटी ९एफिल टावरसहित०, स्ट्याचु अफ लिबर्टी तथा काश्मिर भ्यालीजस्ता आकर्षक संरचनाले दर्शकलाई एउटै स्थानमा अन्तर्राष्ट्रिय अनुभव दिलाउने आयोजकको दाबी छ। यी सेटअपहरू फोटो, भिडियो तथा सामाजिक सञ्जाल सामग्रीका लागि विशेष आकर्षण बन्नेछन्।

प्रवेश शुल्कबाट यि सबै सेटअप अवलोकन गर्न पाइने रेड रक इभेन्ट एण्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष बिकल क्षेत्रीले जानकारी दिए । उनका अनुसार सर्वसाधारणका लागी १०० रूपैया टिकट शुल्क छ भने विद्यार्थीका लागी ७० तथा अपाङता भएका एवं वृद्द व्यक्तिहरूलाइ कुनै पनि शुल्क लाग्ने छैन ।

सार्वजनिक बिदा तथा चाडपर्वको समयलाई लक्षित गर्दै एक्सपो परिसरमा व्यवस्थित रेस्टुरेन्ट तथा स्ट्यान्डर्ड फुड कोर्टको व्यवस्था गरिएको छ। नेपाली, भारतीय, चिनियाँ, कोरियन फ्युजनसहित विभिन्न अन्तर्राष्ट्रिय परिकारहरू उपलब्ध हुनेछन्। साथै, हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहनेछ।

एक्सपो स्थलमा सुरक्षित वातावरण, व्यवस्थित पार्किङ, बालमैत्री क्षेत्र, स्वच्छता तथा सुरक्षा व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ। एक्सपोलाई चितवनसहित छिमेकी जिल्लाका करिब १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

बढ्दो सुरूक्षा चुनौतीको कारण देखाउँदै चितवन प्रशासनले यस अघि अनुमति नदिँदा पौष २५ देखि सुरू हुने भनिएको एक्सपो पाँच दिन धकेलिएको हो ।

सेयर गर्नुहोस्