चितवन–२ मा मिना खरेल र रवि लामिछाने बीच कडा भिडन्त, मिना पक्ष झन् बलियो बन्दै

चितवन – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा देशैभर चुनावी माहोल तातिरहेको छ। उम्मेदवारहरूलाई मतदाताहरुको घर-घरमा पुगेर भोट माग्न भ्याईनभ्याई छ। निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र २ राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेल बीच कडा प्रतिस्पर्धा देखिएको छ।

विगत निर्वाचनमा उल्लेखनीय मतसहित विजयी भएका लामिछाने यसपटक आफ्नो प्रभाव कायम राख्ने दाउमा छन् भने कांग्रेस नेतृ खरेलले संगठनात्मक बल, पुरानो जनाधार र स्थानीय सक्रियताका आधारमा बलियो चुनौती प्रस्तुत गरिरहेकी छ्न् ।

दुवै उम्मेदवारले घरदैलो अभियानलाई तीव्र बनाएका छन्। टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय मुद्दा सुन्ने र समाधानको प्रतिबद्धता जनाउने क्रम बढिरहेको छ।

लामिछानेले सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कारलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। उनले तर्क छ—“राजनीतिमा पुरानो अभ्यास तोड्दै परिणाममुखी काम गर्नुपर्छ।”

यता खरेलले भने कांग्रेसको दीर्घकालीन संगठन, अनुभव र विकासको निरन्तरतालाई प्राथमिकता दिँदै मत मागिरहेकी छ्न् । उनले स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार र महिला सशक्तीकरणलाई आफ्नो प्रमुख एजेन्डा बनएकी छ्न् ।

लामिछानेमाथि सहजै जीत हात पार्ने मीनाको दाबी छ ।आफू नयाँ र स्थानीय स्तरमा भिजेको उम्मेदवार भन्दै खरेल चितवन २ का मतदाताले आफूलाई जिताउनेमा ढुक्क देखिएकी छन् ।

उनले भनिन्, ‘मतान्तर मात्रै घटाउने होइन, यो पटक नेपाली कांग्रेससँग रिसाएका मतदाता, शुभेच्छुक पनि हामी स्थानीय उम्मेदवारलाई जिताउँछौँ भन्नेमा पुगिसक्नुभएको छ । त्यसैले मैले जित्ने निश्चित छ ।’

खरेल चितवनमा नै जन्मिएर ४० वर्षयता निरन्तर चितवनमा यौन हिंसा नियन्त्रण सञ्जाल नै बनाएर हिंसा प्रभावित महिला र बालबालिकाको न्यायको अगुवाइ पनि गरिरहेकी छन् ।आफू चितवन २ को २८ वटै वडाका क्षेत्रका समस्यासँग जानकार रहेको उनी बताउँछिन्।

शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा अहिलेको मूल आवश्यकता भएको भन्दै उनले भनिन्, ‘दुई पटकसम्म निर्वाचन जितेका सांसदबाट अलिकति पनि विकास बजेट नपरेकोमा स्थानीय दुःखी छन् । म संसदमा कानून बनाउने मात्रै होइन स्थानीय विकास आवश्यकता पूरा गर्न समन्वयकारी भूमिका पनि खेल्न सक्छु ।’

उनले नेपाली कांग्रेसका क्रियाशील सदस्य मात्रै नभएर यसअघि निष्क्रिय रहेका सदस्य पनि आफ्नो उम्मेदवारीपछि पुनःजागृत भएको दाबी गरिन्। आफ्नै चुनाव चिन्हमा मत हाल्न सक्ने वातावरण भएका कारण पनि मतान्तर कम गराएर जित्न सहयोग गर्ने मीनाको तर्क छ ।

चितवन २ मा जितेका उम्मेदवार रवि लामिछानेले यसअघि नागरिकसँग भएका अपेक्षा र उत्साहलाई सम्बोधन गर्न नसकेको उनको टिप्पणी छ। अधिकांश नेता-कार्यकर्ता आ-आफ्नो पार्टीमा फर्किएको कारण पनि आफू जित्ने दाबी उनको छ।

कांग्रेस नेताहरूका अनुसार यसपटक पार्टीभित्र देखिएको एकताले पनि मीना खरेलको मत बढ्ने अनुमान गरिएको छ । ‘पार्टीभित्र एकता देखिएको छ। यसपटक सबै क्षेत्रमा रुखमै भोट हाल्न पाउने स्थिति बनेको छ,उम्मेदवार खरेल त चितवन–२ को नतिजा नै उल्ट्याउने दाबी गर्छिन् ।

‘जेनजी युवाहरूको भावना सम्बोधन गर्ने पार्टी कांग्रेस हो । भावी प्रधानमन्त्री गगन थापाले परिवर्तन भएको सन्देश दिइसक्नुभएको छ,’ खरेलले भनिन्, ‘म आफैँले पनि विगतमा गरेका कामहरू जनताले देख्नुभएको छ। मैले जित्ने पक्का छ ।’

स्थानीय मतदाताबीच उत्साह र चासो दुवै देखिएको छ। मतदाताले नयाँ राजनीतिक शक्ति र फरक शैलीको नेतृत्वलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।

मिना खरेलले वर्षौंदेखि अनाथका लागि आमा, पीडित र दुःखीका लागि भरोसायोग्य सहारा, समाज रुपान्तरणको दृढ र अनुकरणीय खम्बाको रूपमा परिचित समाजसेवामा आफ्नो जीवन समर्पित गर्दै आएकी छन्।

शिक्षा, स्वास्थ्य, विपन्न सहयोग र सामाजिक न्यायका क्षेत्रमा उनले पुर्‍याएको योगदानका कारण चितवनवासीको मनमा विशेष स्थान बनाउन सफल भएकी छन्।

समाजका लागि निस्वार्थ भावले समर्पित जीवन बिताएकी यस्ती उम्मेदवारलाई मतदानमार्फत सम्मान गर्ने अठोटका साथ चितवनका मतदाता उत्साहपूर्वक जुटिरहेका छन्। “सेवा, समर्पण र परिवर्तन”को स्पष्ट दृष्टिकोण बोकेकी मिना खरेललाई विजयी गराई चितवनलाई सकारात्मक दिशामा अघि बढाउने दृढ संकल्प जनतामा देखिएको छ।

दुई पटकसम्म चितवन २ बाट निर्वाचित भएका रवि लामिछानेको विकल्पमा मतदाताले भने यसपाली मिना खरेललाई लिएका छन्। एक स्थानिय मतदाता भन्छिन्, जनताको हरेक दुःख सुखमा साथ दिने जनतालाई परेको समस्याको समाधान गर्न सक्ने चितवनको छोरी, स्थानीय उम्मेदवार मिना खरेल हो। हामीले उहाँलाई नै जिताउनुपर्छ । लोकप्रियता होइन, वास्तविक योगदान दिने पात्र नै चितवन २ का लागि मिना दिदी हो ।

त्यसकारण पनि यसपाली जनताहरुले स्थानीय नेतालाई चुन्ने निर्णय गरेका छन्। जसमा मतदाता स्थानीय उम्मेदवारलाई जिताउने तरखरमा छन्। उनिहरु भन्छ्न्, विगतमा हामीले घन्टी घन्टी भन्दै रवि लामिछानेलाई भोट हाल्यो तर सो क्षेत्रको कुनै पनि विकास भएको छैन । निमुखा, गरिब, सुकुम्बासी भएको बस्तीमा परेका समस्याको समाधान हुन सकेको छैन ।

मिना दिदी हाम्रो ठाउँको छोरी हो, जुन ठाउँमा हुर्कियो, बढ्यो त्यो मान्छेलाई आफ्नो ठाउँको माया हुन्छ त्यसैले उहाँले हामीलाई पनि माया गर्नुहुन्छ र हाम्रो समस्याको समाधान गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं ।

सेयर गर्नुहोस्