एमालेको सचिवालय बैठक शनिबार

नेकपा (एमाले) को सचिवालय बैठक आह्वान गरिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार (जेठ २) बस्ने गरी सचिवालय बैठक बोलाएका उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

“शनिबारलाई बैठक भन्ने थाहा भयो, तर समय र स्थान भने टुंगो लागिसकेको छैन,” पौडेलले भने । एमालेमा निर्वाचन परिणामको समीक्षा हुन नसकेको, पार्टी पुनर्गठन गरिनुपर्नेलगायत माग केही नेताले गरिरहेका छन् । त्यसैले सचिवालय बैठक आह्वानलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

 

 

सेयर गर्नुहोस्