सरकारले गठन गर्‍यो भूमी समस्या समाधान समिति

काठमाडौं : सरकारले भूमि समस्या समाधान समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरलेले जानकारी दिए।

उनका अनुसार समितिका सदस्यमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, लमजुङका पद्मिनी सोती र काठमाडौंकी डा. रोहना श्रेष्ठलाई नियुक्ति गरिएको छ।

सेयर गर्नुहोस्