तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकामा महिलाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।
आठराई गाउँपालिका-६ सिमखर्क बस्ने ५१ वर्षीया रूपा लिम्बूको हत्या गरेको अभियोगमा सोही ठाउँका ३८ वर्षीय कृष्णबहादुर लिम्बूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
कृष्णबहादुरले खुकुरी प्रहार गरी रूपाको हत्या गरेर फरार भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठराईबाट प्रहरी टोली खटिएको थियो। खोजतलास गर्ने क्रममा प्रहरीले उनलाई आठराई गाउँपालिका-५ सुम्लिबुङबाट नियन्त्रणमा लिएको हो।घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।






