आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घ आह्वानमासन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)को अगुवाइमा यो दिवस संसारका … Read more

तनहुँमा मकै उत्पादन बढ्यो

व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रोे देखेर अचम्म मान्छन् । दरै सामुदायिक घरबासका सञ्चालक आशा दरै भन्नुुहुन्छ, “यही माचमा फोटो खिच्न र टिकटक बनाउन पाहुनाहरू व्यस्त हुन्छन् । विगतका वर्षमा ठूलो सुली भए पनि एउटा मात्रै थियो । यस वर्ष धेरै मकै फल्यो सुली … Read more

आज सुनको मूल्य तोलामा रु ७०० ले बढ्यो

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा रु ७०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी रु ३५ ले बढेको छ । आज एक तोला सुनको मोल रु दुई … Read more

बर्खे धानको समर्थन मूल्य नपाएको चितवनका किसानको गुनासो

यहाँका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । वाग्मती प्रदेश सरकारले तोकेको मूल्य आफूहरूले नपाएको उनीहरूको गुनासो छ । प्रदेश सरकारले प्रतिक्विन्टल मोटा धानको न्यूनतम समर्थन मूल्य रु तीन हजार ४६३ र मध्यमको रु तीन हजार ६२८ प्रतिक्विन्टल तोकेको भए पनि यहाँका किसानले निर्धारित मूल्यअनुसार धान बिक्री नभएको बताएका छन् । माडी … Read more

म झापाबाट चुनाव लड्दिनँः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले आफू चुनाव लड्ने दौडमा नरहेको स्पष्ट पारेकी छन् । बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले आफूहरू सत्ताको भोगबिलासका लागि नभई देशको सेवाका लागि आएको बताइन् । केही दिनअघि एक अन्तर्वार्तामा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई झापाबाट चुनाव लडेर आफूलाई हराउन चुनौती दिएका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले आफ्नो प्राथमिकता चुनाव र सत्ता … Read more

आज एमाले सचिवालय बैठक बस्दै

आज दिउँसो १ बजे नेकपा एमालेले सचिवालय बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमा मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने बताइएको छ । यिनै सन्दर्भमा बैठकमा … Read more

सुदूरपश्चिम रोयल्सको विजयी शुरूआत, काठमाडौं २९ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विजयी शुरूआत गरेको छ । बुधबार भएको आफ्नो पहिलो खेलमा साविक उपविजेता सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेको हो । जितका लागि १ सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौं १६.५ ओभरमा ११८ रन बनाउँदै अलआउट भयो । केवल २७ रनको कूल स्कोरमा माथिल्ला चार प्रभावशाली ब्याट्सम्यानलाई गुमाएपछि दबाबमा … Read more

नारायणी पुलमा मंसिर ५ र ६ गते राति ५ घण्टा गाडी चलाउन रोक

मंसिर ५ र ६ गते नारायणगढस्थित नारायणी पुलमा राति ५ घण्टा यातायात संचालनमा रोक लगाइने भएको छ । सडक विभागले बुधबार साँझ सूचना जारी गरेर गैंडाकोट र नारायणगढ बिचमा रहेको नारायणी नदीको पुलमा पुग्ने (एप्रोच रोड) कालोपत्रे गर्ने कामका लागि दुई दिन राति ११ बजेदेखि बिहान ४ बजेसम्म सबै यातायातका साधन सञ्चालनमा रोक लगाउने जनाएको … Read more

एनपिएलः आज चितवन र लुम्बिनी भिड्दै

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले स्पर्धा गर्दैछ । पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ । … Read more

स्वास्थ्य मन्त्रालयलाई भवन हस्तान्तरण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन सिंहदरबारमा तयार भएको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०को नेपालस्थित कार्यालयले सिंहदरबारभित्र मन्त्रालयको ‘प्रिफ्याब’ भवन तयार भएको हो । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री डा सुधा गौतमलाई डब्लुएचओ दक्षिणपूर्वी एसिया क्षेत्रीय समितिका कार्यकारी प्रमुख डा क्याथरिना बोहेमलेले उक्त भवन हस्तान्तरण गर्नुभयो । सिंहदरबार परिसरभित्र दक्षिण पश्चिम क्षेत्रस्थित नेपाली सेनाको नरसिंह … Read more