मलेसियामा भ्रष्टाचार विरोधी कारबाहीमा दुई हजारभन्दा बढी पक्राउ

गत महिनामा मलेसियामा भ्रष्टाचार विरोधि राष्ट्रव्यापी कारबाहीमा दुई हजार भन्दा बढी सदस्यहरू पक्राउ गरिएको मलेसिया प्रहरीले जनाएको छ । बुकित अमन वाणिज्यिक अपराध अनुसन्धान विभागका निर्देशक रुस्दी इसाले प्रेस ब्रीफिङ्मा सेप्टेम्बर २२-२८ सम्म एक हजार ३०३ जनालाई पक्राउ गरिएको बताउनु भएको छ । उहाँका अनुसार अन्य अपरेसनको क्रममा भ्रष्टाचारमा संलग्न ७९० जना पक्राउ परेका थिए … Read more

पछिल्लो तीन महिनामा रु ५० अर्ब ६० करोड सरकारी ऋण थपियो

चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा रू ५० अर्ब ६० करोड बराबर सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २६ खर्ब ७४ अर्ब चार करोड बराबर रहेको सरकारी ऋण असोज मसान्तसम्म बढेर रू २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ । हाल तिर्न बाँकी सरकारी … Read more

बास्तोलाको ‘रगतको मूल्य’ लोकार्पण

कथाकार होमशङ्कर बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पण गरिएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरु श्रीओम श्रेष्ठ रोदन, छविरमण सिलवाल, आरएम डङ्गोल, कृतिकार होमशङ्कर बास्तोला, प्रदीप सापकोटा, रोजु गौतमलगायतले उक्त कथाकृति संयुक्तरुपमा लोकार्पण गर्नुभएको हो । सो अवसरमा साहित्यकार ‘रोदन’ले हरेक मानव जीवनमा कुनै न कुनै कथा हुन्छन् तर त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने … Read more

सुनको मूल्य आज तोलामा २७ सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३९ हजार रुपैयाँ तय भएको छ । अघिल्लो दिन २ लाख ३६ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै … Read more

चितवनमा रोकिराखेको ट्रकमा २ वटा बस ठोकिँदा दुर्घटनाः यी हुन् ३३ जना घाइते (नामावली)

गएराति चितवनमा रोकिराखेको ट्रकमा दुई बस ठोकिँदा घाइते भएका सबै यात्रुको परिचय खुलेको छ। गएराति पौने २ बजेतिर भएको दुर्घटनामा ३३ जना घाइते भएका छन्। भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा इँटा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा सुरुमा गौरबाट काठमाडौँतर्फ आउँदै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको थियो। … Read more

चितवनमा रगतको चरम अभावः रक्तदान गर्न आह्वान

चितवनमा रगतको चरम अभाव भएको छ । चाडपर्वका कारण नियमित रक्त सङ्कलनका कार्यक्रम नभएका कारण जिल्लामा रगतको अभाव भएको हो । बिरामीका आफन्तले खोजेका रक्तदाता मार्फत् मात्र रगत उपलब्ध हुने अवस्था जिल्लामा सिर्जना भएको छ । चितवनमा दैनिक १०० देखि १५० यूनिट रगतको माग हुने गरेको जनाइएको छ । यो सङ्ख्या सङघीय राजधानी काठमाडौ पछिको … Read more

आज रातिदेखि भारी वर्षाको सम्भावना

दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीकाअनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको छ । “यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ”, मौसमविद् अधिकारीले भन्नुभयो, “आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।” … Read more

बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति

मङ्गलबार बिहानदेखि परेको अविरल वर्षाले जिल्लाको प्रमुख मानिने धानबालीमा क्षति पुर्‍याएको छ । वर्षाका कारण भित्र्याउन तयार भएको धानबालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् । गोरखा नगरपालिका-१० सिर्दीफाँट यतिबेला जलमय बनेको किसान तुलबहादुर थापाले बताउनुभयो । “तिहार लगत्तै धान काटेर भित्र्याउन ठिक्क पारेको बेला पानी पर्‍यो । गाउँका एक–दुई जना बाहेक सबैले धान काटेर … Read more

ट्रेड युनियनका उपाध्यक्ष कमल गौतमको भाषण गर्दागर्दै मृत्यु

राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्षको निधन भएको छ । केन्द्रीय उपाध्यक्ष ६५ वर्षीय कमल गौतमको आज (बिहीबार) भाषण गर्दागर्दै आकस्मिक निधन भएको हो। भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला उपाध्यक्ष गौतम अचानक ढलेका थिए। उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले उपचारका क्रममा उनलाई … Read more

जेनजी प्रदर्शनमा घुसपैठ भएर न्यायालयमाथि प्रहार भयोः महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जेनजी प्रदर्शनका क्रममा घुसपैठ भएर न्यायालय र प्रहरी प्रशासनमाथि प्रहार भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले न्यायालयमाथिको आक्रमण सामान्य नभएकाले निष्पक्ष छानबिन गरी आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले न्यायालय र प्रहरी प्रशासनमाथि प्रहार … Read more