प्रधान सेनापतिद्वारा दर्ज्यानीचिन्ह प्रदान

प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई जङ्गी अड्डामा आयोजित आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति हुनुभएका पाँचजना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कार्यक्रममा बलाधिकृत, … Read more

महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । पार्टीको १५औँ महाधिवेशनको मिति तोक्नेसम्बन्धी प्रस्ताव केन्द्रीय … Read more

युवा व्यवसायी सिरीष पन्तले गरे उवासंघ चितवनको अध्यक्षमा उम्मेदवारी घोषणा

युवा व्यवसायी सिरीष पन्तले उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । पन्तले आज प्रेस विज्ञप्ती जारी गर्दै आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पन्त यसअघिको निर्वाचनमा पनि अध्यक्षमा पदमा उम्मेदवारी दिएका थिए । यस्तो छ अध्यक्षका उम्मेदवार पन्तले जारी गरेको प्रेस विज्ञप्ती  आदरणीय उद्योगी, व्यवसायी, सञ्चारकर्मी, शुभेच्छुक … Read more

स्मार्ट सहरी योजना र विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन सुरु

स्मार्ट सहरी योजना र विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । नेपाल पिएचडी एशोसियसनको आयोजना र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा आजदेखि सुरु भएको उक्त सम्मेलनका वक्ताहरुले व्यवस्थित सहरीकरणलाई अगाडि बढाउनका लागि चाहिने आवश्यक नीतिनियम र विभिन्न देशमा भएका अभ्यासकाबारेमा छलफल भएको थियो । कार्यक्रममा नेपाल विश्वविद्यालयका कुलपति डा विन्दुनाथ लोहनीले स्मार्ट … Read more

चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने

विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने भएको छ । माडी नगरपालिकाले चालु आर्थिक वर्षबाट ‘मोज्याक’ लगाउन सुरु गर्न लागेको हो । माडी नगरपालिकाका प्रमुख तारा काजीकुमारी महतोका अनुसार कालोपत्र गर्न नमिलेपछि सडकलाई धुलोरहित बनाउन मोज्याक टायल लगाउन लागिएको हो । सडकको भागमध्ये सात मिटरमा मोज्याक … Read more

हिमपातपछि तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास

लगातारको हिमपातका कारण यतिबेला मनाङको जनजीवन प्रभावित भएको छ । पर्यटकीय याममा तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, लार्के पास तथा मनास्लु पदयात्राका लागि जानेहरुको तालिका बिग्रिएको छ । हिउँले पदमार्ग पुरिएपछि यात्रा अघि बढाउन मुस्किल छ । यात्रा सहज बनाउने उद्देश्यले मनाङ जिल्ला प्रशासन, स्थानीय तह, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाई (एक्याप)मनाङ, पर्यटन व्यवसायीको संयुक्त सहमतिमा … Read more

बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री

बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु एक करोड पाँच लाख ९० हजार ८०० को केरा बिक्री भएको छ । इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउछन् । दसैँ, तिहार र छठ पर्वको अवसरमा १९ हजार २५६ घरी केरा औसतमा प्रतिघरी रु ५५० का दरले … Read more

ढाका बीटीटीएफ–२०२५ः नेपालद्वारा पर्यटकीय गन्तव्यबारे विशेष प्रस्तुति

नेपालले बङ्गलादेशको ढाकामा हालै सम्पन्न तीनदिने तेह्रौँ बङ्गलादेश ट्राभल एण्ड टुरिज्म फेयर (बीटीटीएफ) मा पर्यटकीय गन्तव्यबारे विस्तृत विशेष प्रस्तुती गरेको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीय गन्तव्यबारे विस्तृत प्रस्तुति दिँदै नेपाल अनुभवमा आधारित जीवनभर सम्झनलायक गन्तव्य भएको जानकारी गराउनुभयो । त्यसैगरी, बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपाल–बङ्गलादेशबीचका ऐतिहासिक, … Read more

छोराद्वारा बाबुलाई धारिलो हरियार प्रहार गर्दा…

यहाँस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मालिका –३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिनुभयो । भोटबहादुरले ४९ वर्षीया आमा दिलमायालाई पनि धारिलो हरियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् । सूचना अधिकारी सारूका अनुसार … Read more

नारायणी किनारमा भूपिनको नयाँ कृति ‘मध्यको उज्यालो’ विमोचित

चर्चित साहित्यकार भूपिन खड्काको नयाँ निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ गैँडाकोटको नारायणी किनारमा विमोचित भएको छ । निबन्धकार भूपिन, कवि गोविन्दराज विनोदी, लेखक तथा साहित्यकार रोशन शेरचन, समालोचक डा. एक नारायण पौडेल र निमेष निखिल, समालोचक सामना पहाड, बुक हिलका  प्रबन्धक भूपेन्द्र खड्का, अक्षर समूहका अध्यक्ष लेखराम सापकोटाले संयुक्तरुपमा कृतिको विमोचन गरेका हुन् ।  अक्षर समूहका … Read more