संसद् पुनर्स्थापनाको विकल्पलाई कांग्रेसले ‘क्लोज’ गरेको छैनः प्रकाशशरण महत

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले संसद् पुनर्स्थापनाको विकल्पलाई कांग्रेसले ‘क्लोज’ नगरेको बताएका छन् । केन्द्रीय समितिको बैठकपछि मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । निर्वाचनमा केन्द्रित हुनुभन्दा पनि कुन बेला कसलाई रिस साँध्ने तर्फ वर्तमान सरकार उद्धत रहेको उनको आरोप छ । सरकारको यही रवैयाका कारण निर्वाचन कसरी हुन्छ भनेर उनले प्रश्न गरे … Read more

तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन

दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरुले दूध ल्याएपछि पुनः सञ्चालनमा आएको छ । जेठ अन्तिम साताबाट बन्द रहेको उद्योगमा अहिले दूध आउन थालेपछि सञ्चालन ल्याइएको हो । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार गत असारमा दुई दिन मात्रै सञ्चालनमा आएर बन्द भएको उक्त उद्योग असोज पहिलो सातादेखि क्रमशः सञ्चालनमा आएको हो । … Read more

कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ आवश्यक नपर्ने

स्वास्थ्य बिमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण(रिफर) आवश्यक नपर्ने जनाएको छ । बोर्डले बीमित व्यक्ति प्रथम सेवा विन्दुको सेवा अपुग भई रिफरल केन्द्रमा जाँदा विभिन्न समस्या पर्ने भएकाले पुनः रिफर गर्नु नपर्ने व्यवस्था गरेको हो । बोर्डका उपसचिव पुण्यमाया गुरागाईंले एकपटक प्रथम सेवा … Read more

भदौ २४ नेपाली इतिहासकै एउटा डरलाग्दो दिनः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते नेपालको इतिहासकै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रदर्शनमा घुसपैठ भएको र प्रदर्शनले अर्को रूप लिएको बताएका छन् । जेनजी विद्रोहपछि पहिलोपटक सार्वजनिक भएका देउवाले गरेको लिखित सम्बोधन भनेका छन्, … Read more

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट पेस

सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म ६ वटा रिट निवेदन पेस भएका छन् । गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगत भएको थियोे । आजदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि … Read more

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् … Read more

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

गएराति काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको काठमाडौँ … Read more

सुनको मूल्य साढे दुई लाख नजिक पुग्यो

नेपाली बजारमा सुनको हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज (मंगलबार) सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँमा कायम भएको थियो । त्यस्तै चाँदीको मूल्यमा पनि तोलामा … Read more

राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम लगानी गर्न लागिएको … Read more

मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने कारबाहीमा

प्रहरीले पोखरामा स्वरूप परिवर्तन ‘मोडिफाइड’ गरिएका र चर्को ध्वनि निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिइ कारबाही गर्न सुरू गरेको छ । केही दिनयता त्यस्ता चार मोटरसाइकल र तिनका चालकलाई कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा महानगरपालिका–१० बुद्धचोक बस्ने सुवास कार्की, पोखरा–३ बस्ने एल्विन पुन, पोखरा–६ का सञ्जिव दुवाडी र पोखरा–५ बस्ने अमृत … Read more