धानबालीमा फड्के कीराको सङ्क्रमण

जिल्लाको पैँयु र विहादी गाउँपालिकाका विभिन्न वडामा धानबालीमा फड्के कीराको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ । धान फलेर पाक्ने बेलामा फड्के कीराको सङ्क्रमण बढेपछि कृषक चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार कृषि प्राविधिकको स्थलगत अनुगमनका क्रममा ती क्षेत्रमा कीराको आक्रमणका कारण धानबालीमा व्यापक क्षति पुगेको पाइएको छ । फड्के कीराको बयस्क र बच्चा … Read more

बालेन शाह र सुदन गुरुङविरुद्ध नेविसंघले दियो जाहेरी

नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपाल संस्थाका प्रमुख सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौंमा किटानी जाहेरी दिएको छ । गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा नाबालक विद्यार्थीहरूलाई विद्यालय पोसाकमै जान उक्साउने, विभिन्न गतिविधि गर्ने, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराएको भन्दै संघले … Read more

सामाजिक सञ्जालमा आतङ्क मच्चिएको छः सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्चालमा आतङ्क मच्चिएको बताएका छन् । प्रेस काउन्सिल नेपालका पदाधिकारीसँग कुरा गर्दै उनले सामाजिक सञ्चालको माध्यमबाट आरोप लगाउने, गालीगलौज गर्ने र तल्लोस्तरमा गालीदेखि आक्रमणसम्मका कार्य हुन थालेकाले राज्यका संरचनाहरू गम्भीर हुनुपर्ने बताए । ‘सामाजिक सञ्जालको गतिविधिले नागरिकहरू अन्यौलमा परेको महसुस भइरहेको छ । सरकारी निकायमा दर्ता, नवीकरण र … Read more

मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गर्नुभएको छ । उहाँले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीको आज अवलोकन गर्नुभएको हो । बाढीपहिरो प्रभावित क्षेत्र इलामका विभिन्न स्थानको अवलोकन गरेर फर्कने क्रममा मन्त्री घिसिङले … Read more

महोत्तरीको नौ वटा पालिकामा मात्रै दुई हजार हेक्टर धानबाली नष्ट

गत आइतबार र सोमबार जिल्लाको रातो नदीको तटबन्ध भत्किएर आएको भीषण बाढीले नौ पालिकामा मात्रै करिब दुई हजार हेक्टरमा लगाइएको धानबाली नष्ट भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादवका अनुसार जिल्लाका १५ पालिकामध्ये अहिलेसम्म नौ पालिकाबाट मात्रै प्राप्त विवरणअनुसार बाढीले करिब दुई हजार हेक्टर जमिनमा लगाइएको धानबाली डुबाएर नष्ट भएको छ । उहाँका … Read more

हरेक काम जनतासँग जोडिएर गर्न मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले हरेक काम जनतासँग जोडिएर गर्नुपर्ने बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी र निर्वाचित जनप्रतिनिधिसँगको छलफल कार्यक्रममा उहाँले आफूलाई राम्रो लाग्ने काम नभई जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने काममा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनताले समर्थन गर्ने काम गर्नुस्, जनताको भावना, … Read more

अमेरिकाले दोहोरो मापदण्ड अपनाएको चीनको आरोप

राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएपछि चीनले आइतबार संयुक्त राज्य अमेरिकामाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ । ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्व ९खनिज) सँग सम्बन्धित ‘असाधारण आक्रामक’ निर्यात प्रतिबन्धहरू लगाएको भन्दै शुक्रबार आफ्नो व्यापार युद्धलाई पुनः तीव्र बनाउने घोषणा गर्नुभएको थियो । उहाँले नोभेम्बर १ देखि … Read more

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

गत शुक्रबारको तुलनामा सुनको मूल्य रु तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि रु ४० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार रु दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु रु तीन हजारले बढेर रु दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन … Read more

रातका समयमा हाम्रो बस्तीलाई सुरक्षा चाहियो : राउटे समुदायका युवा

राउटे समुदायमा त्रास सृजना गर्ने एक युवालाई राउटे समुदायका युवाहरूले यही असोज २४ राति नियन्त्रणमा राखे । सुर्खेतको लेकबेँसी नगरपालिकाका ती युवकले मदिरा सेवन गरी रातिका समयमा राउटेबस्तीमा छिरेका थिए । शनिबार बिहान ती समुदायका युवाहरूले नजिकैको प्रहरीलाई खबर गरी ती युवालाई प्रहरीको जिम्मा लगाएका थिए । त्रास सिर्जना गर्ने युवाकलाई आवश्यक अनुसन्धान अगाडि बढाइएको … Read more

आईसीसी टी-२० विश्वकप छनोटः नेपालले आज युएईसँग खेल्दै

आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सका खेल आजदेखि सुरु हुँदैछन्। नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ। ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ। सुपर सिक्सको आफ्नो पहिलो खेलमै नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईसँग प्रतिस्पर्धा गर्दा यस खेललाई नेपाल क्रिकेट संघ–क्यानले एल … Read more