चुनाब लड्न भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राजीनामा दिनुभएको छ । आज विहान उपप्रमुख चित्रसेन अधिकारीलाई प्रमुख दाहालले राजीनाम पत्र बुझाउनु भएको हो । त्यसलगत्तै महानगरले दाहाललाइ औपचारिक बिदाइ गरेको छ । दाहाल आज चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराउदै हुनुहुन्छ । दाहाल ९ वर्ष महानगरको नेतृत्व गरेर बाहिरिनु भएको हो ।

बालिकाको हत्या गरी फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

उन्नाइस वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार रहेका प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । विसं २०६३ मा भएको उक्त जघन्य अपराधमा संलग्न रहेको आरोपमा कल्याणपुर नगरपालिका–१२ का ४९ वर्षीय उतिम मुखियालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचन अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार २०६३ साल मङ्सिर १३ गते … Read more

राजनीतिक कार्यक्रममा सरकारी सवारीसाधन प्रयोग नर्गन आग्रह

जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलहरूलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यक्रममा आवतजावत गर्ने क्रममा सरकारी सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रिया चरणबद्ध रूपमा अगाडि बढिरहेको सन्दर्भमा जिल्लामा शान्ति, सुरक्षा, अमनचयन कायम राख्न क्रियाशील राजनीतिक दल तथा दल निकट भ्रातृ सङ्गठनबाट सरकारी साधन प्रयोग गर्न आग्रह … Read more

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं–४ बाट उनले चुनाव जित्दै आएका थिए ।

प्रचण्डको मनोनयन दर्ता दिउँसो १ बजे

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उम्मेदवारी मनोनयन दर्ता गराउने भएका छन् । रुकुम पूर्वको निर्वाचन कार्यालयमा प्रचण्ड आफै उपस्थित भएर उम्मेदवारी मनोनयन दर्ता गराउने प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । मनोनयन दर्ताअघि उनले रुकुम पूर्वका परिवारसँग आशीर्वाद लिएर मनोनयन दर्ता गर्न जाने कार्यक्रम रहेको छ ।

नेपाल विद्यार्थी संघ चितवनको अध्यक्षमा प्रकाश भण्डारी नियुक्त

नेपाल विद्यार्थी संघले चितवन जिल्लाको अध्यक्ष पदको जिम्मेवारी प्रकाश भण्डारीलाई प्रदान गरेको छ। संघको विधान २०२७ को सातौँ संशोधन २०७५ बमोजिम तोकिएको समयसीमाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने उद्देश्यसहित भण्डारीलाई नेतृत्वको जिम्मेवारी दिइएको हो। नेपाल विद्यार्थी संघ, केन्द्रीय कार्यालय काठमाडौँबाट मिति २०८२/०९/२४ मा जारी पत्रअनुसार अबको तीन महिनाभित्र चितवन जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी भण्डारीलाई अध्यक्षको जिम्मेवारी … Read more

रास्वपाको चुनावीसभा आज जनकपुरमा, रवि र बालेनले सम्बोधन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजबाट चुनावीसभा सुरु गर्दै छ । जनकपुरबाट रास्वपाले चुनावीसभा सुरु गर्न लागेको हो । रास्वपाका नेताहरू आइतबार नै जनकपुरधाम पुगिसकेका छन् । आइतबार साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लगायत नेताहरू जनकपुर पुगेका हुन् । तिरहुतिया गाछीमा हुने चुनावीसभालाई सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेनलगायतले सम्बोधन गर्नेछन् … Read more

स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

भुवन विश्वविद्यालय शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बिमा बन्द गर्ने निर्णय गर्‍यो । यसको प्रमुख कारण स्वास्थ्य बिमाबाट दाबी गरिएकोमध्ये आधा अस्वीकृत (रिजेक्सन) भएको र समयमा भुक्तानी नपाएको हो । त्रिवि शिक्षण अस्पतालकोभन्दा बढी सेवा दिने यहाँको सरकारी भरतपुर अस्पतालको भुक्तानी पाउनुपर्ने रकम त्रिविको भन्दा बढी छ । तर अस्वीकृत दुई प्रतिशत मात्रै छ … Read more

सुनचाँदीको भाउमा निरन्तर वृद्धि , सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ पुग्यो

सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेर २ लाख ८२ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको … Read more

आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा समूह

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत पुगेको हो । नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको अधिवक्ता लक्ष्मी दाहाल रावलले जानकारी दिइन् । उनका अनुसार रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ । उनका … Read more