आज रातिदेखि भारी वर्षाको सम्भावना

दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीकाअनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको छ । “यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ”, मौसमविद् अधिकारीले भन्नुभयो, “आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।” … Read more

बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति

मङ्गलबार बिहानदेखि परेको अविरल वर्षाले जिल्लाको प्रमुख मानिने धानबालीमा क्षति पुर्‍याएको छ । वर्षाका कारण भित्र्याउन तयार भएको धानबालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् । गोरखा नगरपालिका-१० सिर्दीफाँट यतिबेला जलमय बनेको किसान तुलबहादुर थापाले बताउनुभयो । “तिहार लगत्तै धान काटेर भित्र्याउन ठिक्क पारेको बेला पानी पर्‍यो । गाउँका एक–दुई जना बाहेक सबैले धान काटेर … Read more

ट्रेड युनियनका उपाध्यक्ष कमल गौतमको भाषण गर्दागर्दै मृत्यु

राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्षको निधन भएको छ । केन्द्रीय उपाध्यक्ष ६५ वर्षीय कमल गौतमको आज (बिहीबार) भाषण गर्दागर्दै आकस्मिक निधन भएको हो। भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला उपाध्यक्ष गौतम अचानक ढलेका थिए। उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले उपचारका क्रममा उनलाई … Read more

जेनजी प्रदर्शनमा घुसपैठ भएर न्यायालयमाथि प्रहार भयोः महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जेनजी प्रदर्शनका क्रममा घुसपैठ भएर न्यायालय र प्रहरी प्रशासनमाथि प्रहार भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले न्यायालयमाथिको आक्रमण सामान्य नभएकाले निष्पक्ष छानबिन गरी आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले न्यायालय र प्रहरी प्रशासनमाथि प्रहार … Read more

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेस गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले … Read more

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ । पोखरा … Read more

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिनुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो । रसले करिब आठ महिनामै राजीनामा दिनुभएको एन्फाका महासचिव किरण राईको जानकारी दिनुभयो । के कारणले राजीनामा दिनुभयो भन्ने विषयमा … Read more

विश्वकप क्रिकेट लिग–२ : नेपालले टस जितेर ब्याटिङ गर्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । युएईले पहिला फिल्डिङ गर्नेछ । जारी शृङ्खलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग … Read more

सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ बढ्यो

आज बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ  बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको सुनको मूल्य अघिल्लो दिन पनि सोही मूल्य तय भएको थियो । त्यस्तै चाँदीको भाउ १५ रुपैयाँ बढेर प्रतितोला २ हजार ९८० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला … Read more

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले राससलाई बताउनुभयो । आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने … Read more