‘तनाव र अनिश्चियले दीर्घकालीन मानसिक असर पर्न सक्छ’

राजनीतिक दलका नेताहरूले जनताको अपेक्षा र भावनाको सम्बोधन गर्न नसक्दा बढ्दै गरेको जनअसन्तुष्टि अहिले ‘जेनजी’ पुस्ताको आन्दोलनका रूपमा विस्फोट भएको छ । यस आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिले राजनीतिक अनिश्चिततासँगै सामाजिक तथा मानसिक जटिलतासमेत थपेको छ । यस्ता घटनाक्रमले समाजमा निराशा, अनिश्चितता र असहायताजस्ता भावनात्मक समस्या गहिरिँदै जानसक्ने देखिन्छ । राजनीतिक अस्थिरता र … Read more

सुमनाले छोडिन् रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’

आन्दोलनमा मृत्यु हुनेलाई शहीद घोषणा गर्दै १० लाख राहत

जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले मृत्यु हुनेलाई शहीद घोषणा गर्दै १० लाख रुपैयाँको दरले राहत दिने घोषणा गरेकी हुन् । यो जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् । उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी … Read more

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।

प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई

पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हाल्नुभएकामा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई पठाउनुभएको शुभकामना सन्देशमा नेपाली जनताको … Read more

आजदेखि सुकिला नोट वितरण हुने, कहाँ-कहाँबाट हुन्छ सटही ?

दसैँमा नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गर्दै आइतबारदेखि सुकिला नोट वितरण सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले दसैँका लागि भनेर भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले यसअघि आजदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ … Read more

नेपाली युवा पुस्ताको जाँगर फेसबुकमा देखेपछि मोदीले के भने ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदर्शनपछि नेपालका युवाहरूले सडक सफा र रंगरोगन गर्न गरिरहेको मिहिनेतको प्रशंसा गरेका छन्। भारतको मणिपुरस्थित इम्फालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले हालै नेपालमा युवाहरूले देखाएको नागरिक चेतना र सकारात्मक सक्रियताको बारेमा बोलेका हुन्। ‘पछिल्ला केही दिनदेखि नेपालका युवा-युवतीहरूले सडक सफा गर्न र रंगरोगन गर्न मिहिनेत गरिरहेको देखिन्छ,’ प्रधानमन्त्री … Read more

चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए

जेनजी आन्दोलनमा जलाइएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार जलेको अवस्थामा चुच्चेपाटीको भाटभटेनीमा ६ वटा मानव कंकाल भेटिएको हो । ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् । डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको । जेनजीको आन्दोदनमा आगजनी भएपछि भाटभटेनीमा आगजनी भएको थियो ।

पर्सामा आजदेखि सरकारी कार्यालय र विद्यालय खुल्दै

जेनजी समूहको आन्दोलन र प्रदर्शनका कारणले अस्तव्यस्त भएको पर्साका गतिविधि सामान्यतर्फ फर्किन लागेको छ । गत भदौ २३ र २४ गतेको विषम परिस्थितिले यहाँको सरकारी कार्यालयको सेवाप्रवाह र विद्यालयको पठनपाठन कार्य ठप्पजस्तै रहेको थियो । तर, यहाँको अवस्था क्रमशः सुधारोन्मुख देखिँदै गइरहेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले आजदेखि जिल्लाका सबै सरकारी … Read more

प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त हुनुभएकामा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । यहाँस्थित अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फत गत हप्ताको दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो । लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दूतावासले दुःखद् समयमा नेपालसँग शोकमा साथमै रहेको उल्लेख गरेको छ । … Read more