भरतपुर अस्पतालमा ८९ प्रतिशत ज्येष्ठ नागरिकले बिमामार्फत सेवा लिए

गएको महिनामा भरतपुर अस्पतालमा उपचारका लागि आएका ज्येष्ठ नागरिकमध्ये ८९ प्रतिशतले स्वास्थय बिमामार्फत उपचार गराएका छन् । ज्येष्ठ नागरिकको उपचारको भरोसा स्वास्थ्य बिमा वनेको छ । सत्तरी वर्ष माथिकाहरुको स्वास्थ्य बिमा निःशुल्क हुन्छ । एक पटक बिमा गरेपछि नवीकरण गरिरहनुपर्दैन । यसबाट उनीहरुले निःशुल्क उपचार पाउने गर्दछन् । सुरुमा नागरिकता र एकप्रति फोटो बुझाएपछि बिमामार्फत … Read more

सीले रूस र उत्तर कोरियासँग मिलेर षड्यन्त्र गरिरहेका छन्ः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् । चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । चीनले आयोजना गरेको परेडमा चिनियाँ राष्ट्रपति सीसँगै पुटिन र किम देखिएका … Read more

चौताराका किसान किबीखेतीमा आकर्षित

अलैँचीको पकेट क्षेत्रका रूपमा चिनिएको लिसङ्खुपाखर गाउँपालिका–४ का किसान अलैँचीमा रोग लागेपछि निराश भएका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैंँचीखेती सखाप भएको छ । विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर किसानले अलैँंचीखेती गरेका थिए । केही वर्षयता रोगले अलैँची उत्पादनमा कमी आएको छ । अलैँचीमा रोग लागेपछि कतिपय किसानले खेती गर्न … Read more

एएफसी यु–२३ एसियन कप छनोट फुटबल प्रतियोगिता : नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा हुँदै

नेपालले घरेलु टोली ताजकिस्तानसँग खेल्दै एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको उद्घाटन गर्दैछ । ताजकिस्तानको राजधानी डुसान्बेस्थित पामीर रङ्गशालामा हुने उक्त खेलम नेपाली समयअनुसार आज राति ८ः१५ बजे हुनेछ । उक्त प्रतियोगितामा नेपाल समूह ‘के’ मा परेको छ । नेपालको समूहमा ताजिकिस्तानसँगै फिलिपिन्स र सिरिया रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल यही भदौ २१ … Read more

प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी

प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी हुनुभएको छ । सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख÷सरकारप्रमुखलाई स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सरिक हुनुभयो । जनवादी गणतन्त्र चीनका राष्ट्रपति चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन … Read more

फोहर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय

हरेका सहरमा चुनौती बनेको फोहर व्यवस्थापन पोखरा महानगरपालिका र धनगढी उपमहानगरपालिकाबीचको सहकार्य तथा धनगढीको अभ्यासलाई अनुकरणीय मानिएको छ । धनगढीले एकपटक प्रयोग भएपछि फालिने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । फोहर व्यवस्थापनका सम्बन्धमा दुवै स्थानीय तहबीच मङ्गलबार धनगढीमा भएको परियोजनाको प्रस्तुतीकरणको अनुभव साटासाटका क्रममा सहभागी वक्ताले फोहरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सृजना गर्नुपर्नेमा जोड … Read more

सुनको मूल्य हालसम्मकै उच्च : कतिमा हुदैँ छ कारोबार ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला सुन रु दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु दुई … Read more

जलवायु परिवर्तनका दुष्प्रभावः सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल

जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट नहुँदा संरक्षणमा चुनौती थपिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार रानीताल, सिकारी ताल, बाबाताल, कालीताल, ताराताल, सालगौडी ताललगायत ठूला प्राकृतिक ताल जलकुम्भी र झारपातले पुरिनुका साथै सुक्ने क्रममा छन् । यी ताल … Read more

दमौलीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको हो । गम्भीर घाइते … Read more

पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

पर्यटकीय याम प्रारम्भ हुनलागेसँगै सौराहाका पर्यटन व्यवसायी पूर्वतयारीमा जुटेका छन् । बिदामा गएका कर्मचारी पनि काममा फर्कन थालेका छन् । गत वर्ष पर्यटक नआउँदा खिन्न सौराहास्थित होटल भिष्टाका सञ्चालक रमेश सिलवाल यो वर्ष पर्यटक आउनेमा आफू आशावादी रहेको बताउनुहुन्छ । जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे पनि यतिबेला होटलको सरसफाइ, रङ्गरोगन, मर्मतसम्भारमा नै व्यस्त हुनुहुन्छ … Read more