थारु समुदायको माघी पर्वको पहिलो दिन आज ‘जिता मर्ना’ मनाइँदै

माघी पर्वको पहिलो दिन आज कञ्चनपुरका थारु समुदायले ‘जिता मर्ना’ का रूपमा मनाइरहेका छन् । परम्पराअनुसार थारु समुदायको महान् पर्व माघी पुस मसान्तका दिनदेखि सुरु हुन्छ । ‘जिता मर्ना’ का दिन माघी पर्वका लागि आवश्यक मासुको व्यवस्थापन गरिने भएकाले आज बिहानैदेखि थारु बस्तीहरूमा विशेष चहलपहल देखिएको छ । प्रत्येक गाउँमा बरघर (बघरीया) र भलमन्साको आँगनमा … Read more

पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै

पोखरामा क्यान्सर, मुटु, मिर्गौला र बालरोगसम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको योजना कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । घोषणा भएको वर्षौं बितिसक्दा पनि अस्पताल निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको हो । प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जग्गा व्यवस्थापन … Read more

देवघाटमा बाँसको लिङ्गोे ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको छ । यो सँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु भएको हो । त्यस अवसरमा बेनीको गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती र महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरी, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष ईश्वरीराज लौडारी, कार्यकारी निर्देशक … Read more

थाइल्यान्डमा गुडिरहेको यात्रुबाहक रेलमाथि क्रेन खस्दा २२ जनाको मृत्यु

थाइल्यान्डको नाखोन रत्चसिमा प्रान्तमा गुडिरहेको यात्रुबाहक रेलमाथि निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ। घटनामा ७९ जना घाइते भएका छन् भने उनीहरूमध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। १९५ सिट क्षमताको उक्त रेलमा दुर्घटनाका बेला कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन। स्थानीय समयअनुसार बिहान करिब ९ … Read more

विश्वप्रकाश र प्रदीप पौडेलले गराए महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा अहिले मनोनयन दर्ताको क्रम चलिरहेको छ । सभापतिमा गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् भने दुई जना महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । आज (बुधबार) बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र शर्माले वार्ता गरेपनि सफल नभएपछि विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया … Read more

गोलभेँडाले उचित मूल्यपाएपछि सर्लाहीका किसान उत्साहित

गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै उत्साहित बनेका छन् । गोलभेँडाको सहरका रूपमा परिचय बनाएको यहाँको हरिवन, लालबन्दी, ईश्वरपुर, बागमतीलगायत स्थानका किसानलाई यतिबेला गोलभेँडा टिप्ने र बजार लैजाने चटारो छ । हरिवन नगरपालिका–१ भोक्टेनीका किसान रामबहादुर महतोले गोलभेँडाबाट यसपटक नसोचेको मूल्य पाएको बताउनुभयो । उहाँको अनुहारमा यसपटक युद्ध जितेको सिपाहीको जस्तै सन्तुष्टि … Read more

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते

वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकको ठक्करबाट घाइते वीरेन्द्रनगर–१३ की ७० वर्षीया लक्ष्मी लामिछानेको उपचारका क्रममा प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिनुभयो । मोटरसाइकल चालक लेकबेँसी नगरपालिका–३ का २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका … Read more

देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी पूरा,यस वर्ष तीन लाखले मेला भर्ने अनुमान

माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले मेलाको सम्पूर्ण तयारी सकिएको जानकारी दिँदै यस वर्ष तीन लाखले मेला भर्ने अनुमान गरिएको उल्लेख गर्नुभयो … Read more

किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ

यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो । बिहान पुसको चिसो सिरेटोको बेवास्ता नराखी किसान फरुवा चलाउँदै सखरखण्ड निकाल्न व्यस्त छन् । कोही सखरखण्ड खन्दै, कोही भने टिप्दै र थुपार्दैछन् भने कोही बजार पठाउनका लागि बोरामा भर्दैछन् । घरका परिवारले मात्र नभ्याउने भएपछि अन्य कामदार लगाएर किसान सखरखण्ड खनिरहेका छन् । राजपुर गाउँपालिका–३ … Read more

सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

बुधबार पनि सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडदै सुन प्रतितोला १ हजार ५ सय रुपैयाँ र चाँदी तोलामा ३१५ रुपैयाँले बढेको छ । अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँमा कायम भएको सुन आज प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो त्यस्तै , चाँदीको भाउपनि … Read more