विच्छ्याको बाढीले बस्ती जोखिममा
जिल्लाको पूर्वोत्तर भेगमा बग्ने विच्छ्या खोलाको बाढीले हिमाली गाउँपालिका–१ को बस्ती जोखिममा परेको छ । बुधबार रातिदेखिको लगातारको वर्षाले गाउँ जलमग्न हुने जोखिम अझ बढाएको स्थानीय साजन थापाले बताउनुभयो । उक्त खोलाको एउटा झोलुङ्गे पुलसहित केही घरहरु बगाएको उहाँले बताउनुभयो । हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार अहिलेसम्म दश वटा घरमा क्षति भएको छ । … Read more