देउवा विशेष महाधिवेशनमा नजाने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने उनको सचिवालयले स्पष्ट पारेको छ । उनको सचिवालयले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । देउवाका स्वकीय सचिव भानु देउवाले एक सूचनामार्फत् भृकुटीमण्डप जाने कुनै योजना नरहेको बताएका छन् ।

नारायणी एक्स्पो २०८२ को तयारी अन्तिम चरणमा

चितवन – चितवन स्थित नारायणी किनारमा हुने नारायणी एक्सपोको तयारी अन्तिम चरणमा पुगेको छ। यहि पौष ३० देखि माघ १४ गतेसम्म हुने एक्सपोको तयारी अन्तिम चरणमा पुगेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । रेड रक इभेन्ट एण्ड म्यानेजमेन्ट प्रालि, भरतपुर–चितवनद्वारा आयोजित एक्सपोको करिब ८० प्रतिशत तयारी पूरा भइसकेको छ। २०० भन्दा बढी व्यावसायिक, … Read more

आन्दोलन गर्न सक्यौं, शासन सत्ता चलाउन सकेनौँ: चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिक दलले शासन सत्ता सञ्चालन गर्न नसक्दा अहिलेको अवस्था आएको बताएका छन्। कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता भण्डारीले देश संकटमा परेको बताए। जेनजी आन्दोलनपछि संकट आएको चर्चा गर्दै उनले भने, ‘यो देश र प्रजातन्त्र जोगाउनु छ।’ अहिलेसम्म विभिन्न आन्दोलन गरे पनि शासन चलाउन नसक्दा यो अवस्था आएको … Read more

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज आयोजित जलपान कार्यक्रममा सहभागी हुनुभएको छ । काठमाडौँको भृकुटीमण्डपमा भएको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी हुनुभएको हो । प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत नेताहरूले स्वागत गर्नुभएको थियो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित … Read more

देशले सङ्गठको सामना गर्नुपरेको उल्लेख गर्दै पूर्वराजा शाहद्वारा चिन्ता व्यक्त

पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले नारायणहिटी राजदरबार छोडेको करिब दुईदशक बित्दा पनि देशले सङ्कटको सामना गर्नुपरेको उल्लेख गर्दै चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रिय एकता दिवस, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानबारे स्मरण गर्नुभएको छ । उहाँले आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौँ र स्थायित्व … Read more

कांग्रेस विशेष महाधिवेशन सुरु

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गर्नुभयो । यही पुस २७ र २८ गते आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन अघि उपत्यकाका विभिन्न स्थानबाट नेता, कार्यकर्ता भेला भई ¥याली, बाजागाजा र झाँकीका साथ आयोजनास्थल प्रवेश गरेका … Read more

‘बेनी क्लिन लन्ड्रीबाट मासिक दुई लाख आम्दानी गर्दै २० वर्षीया राजन

यहाँको बेनी नगरपालिका–७ मङ्गलाघाटका २० वर्षीय राजन पौडेलले मङ्गलाघाटमा ‘बेनी क्लिन लन्ड्री’ सञ्चालन गरी मासिक रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले मेसिनको सहायताले कपडा धुने कामबाट दैनिक दैनिक रु १० हजार बढी कमाइ गर्दै आउनुभएको हो । वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण बढिरहेका बेला जाँगर र आँट हुने हो भने गाउँमा बसेर उद्यमबाट … Read more

चितवनको खैरहनीमा हुने खिचरा महोत्सवको तयारी अन्तिम चरणमा

थारू संस्कृति जोगाउनका लागि यही पुस २९ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ । पूर्वी चितवनको खैरहनीमा ११ औँ खिचरा महोत्सवको तयारीलाई तीव्र पारिएको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी नगरपालिका–५ गौचरनमा आगामी माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ । माघी … Read more

मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग

निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लाग खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षक प्रशिक्षणका लागि यही पुस २८ र २९ गते विभिन्न स्थानमा अभिमुखीकरण तालिम सञ्चालन गर्दैछ । सात प्रदेशअन्तर्गतका निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि कूल चार स्थान काठमाडौँ, चितवन, विराटनगर र नेपालगञ्जमा अभिमुखीकरण तालिम दिन लागिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले … Read more

पशुपक्षीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह

पशुपक्षीमा जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न आग्रह गरिएको छ । कृषि तथा खाद्य सङ्गठन (एफएओ) काठमाडौँको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेको समन्वयमा यहाँ भएको अन्तरक्रियामा सरोकार भएकाले पशुपक्षीमा जथाभावी एन्टिबायोटिकले समस्या बढाउने भएकाले प्रयोग नगर्न आग्रह गरिएको हो । बिरामी पशुपक्षीलाई पशु चिकित्सकको सल्लाहबिना उपचार गर्ने र अनावश्यक औषधिको प्रयोगले … Read more