आज पनि बस्दैछ राष्ट्रिय सभाको बैठक

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। बैठक बुधबार दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ। आजको बैठकमा पनि शून्य र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्ने कार्यक्रम छ। मंगलबारको बैठकमा बोल्ने सांसदहरूले चुनाव प्रचारको क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भएको भन्दै त्यसलाई रोक्न सरकारसँग माग गरेका थिए।  

वडा १ र २ मा कांग्रेस चितवनको क्रियाशील भेला, मिना खरेलको समर्थनमा कार्यकर्ता उत्साहित

चितवन — आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेस चितवनको क्रियाशील भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। क्षेत्रीय कार्यसमिति क्षेत्र न. २ को आयोजनामा  आज (मंगलबार) वडा नम्बर १ रामनगर र वडा नम्बर २ क्षेत्रपुरमा क्रियाशील भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । भेलाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मनोनयन भएका उम्मेदवार मिनाकुमारी … Read more

मिना खरेल जस्तो उम्मेदवार पाउनु नै चितवन–२ का लागि सौभाग्य, उहाँको जित सुनिश्चित छ – जितनारायण श्रेष्ठ

चितवन – नजिकिँदै गरेको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर दुईले चुनावी अभियान तीव्र बनाएको छ। पार्टीले घरदैलो कार्यक्रम तथा कार्यकर्ता भेला सञ्चालन गर्दै जनसम्पर्कलाई व्यापक बनाइरहेको छ। यसैक्रममा मङ्गलवार, भरतपुर महानगरपालिका वडा नम्बर एक रामनगर र दुईको क्षेत्रपुरस्थित आदर्श महिला भवनमा कांग्रेसले कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यक्रम सम्पन्न गरेको छ। भेलामा पार्टीका … Read more

बालेन्द्र साह लगायतका लागि देशी, विदेशी शक्तिहरुले ठूलो लगानी गरेका छन्ः पुष्पकमल दाहाल

काठमाडौं,माघ १३- नेपाली कम्युनिष्ट कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र साहलाई अघि बढाउन वाह्य शक्तिहरुले ठूलो लगानी गरिरहेको आरोप लगाउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टीमा चुरे भावर पार्टी समायोजन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । संयोजक दाहालले विचार, सिद्धान्त, त्याग, तपस्या र … Read more

ठगीको अभियोगमा चार जना पक्राउ

प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार स्याङ्जा चापाकोट नगरपालिका–९ का ४४ वर्षीय कृष्ण कुँवर, मकवानपुर हेटौँडा उपमहानगरपालिका–६ की २६ वर्षीया मनिषा अधिकारी, गुल्मी रेसुङ्गा नगरपालिका–६ का ४८ वर्षीय … Read more

चुनावी अभियानमा राष्ट्रिय झण्डाको प्रयोगमा रोक लगाउन माग

नेपाली कम्युनिस्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्‍यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोगमा रोक लगाउन सरकारसँग माग गरेकी छन् । मंगलबार (माघ १३) बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बेलवासेले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको बताइन् । उनका अनुसार चुनावी अभियानमा प्रयोग गरिएका झण्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी भइरहेको छ भन्ने … Read more

दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षणः धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिनुभएको छ । मुलुकको सर्वाधिक महत्वको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश दू्रतमार्ग निरीक्षणका क्रममा आज सडक निर्माण कार्यदल, कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उहाँले स्थानीयका सरोकारलाई गम्भीर रुपमा लिई समाधान खोज्न निर्देशन दिनुभयो । प्रधानमन्त्री … Read more

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भनेर परेको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । जसमा झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन), सुनसरी १ का उम्मेदवार हर्क साम्पाङ र रुपन्देही २ का उम्मेदवार कमल भुसाल (निकोलस) र भक्तपुर २ का उम्मेदवार … Read more

पुराना दलका मतदाता आफ्नैतिर फर्के दबाबमा पर्न सक्छन् रेणु र सोविता

यसपटक चितवन–३ को निर्वाचन दुई हिसाबले रोचक छ — पहिलो, यो क्षेत्रमा दुई राजनीतिक दलका चर्चित महिला उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। भरतपुर महानगरपालिकामा दुई कार्यकाल मेयर बनेकी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की ४९ वर्षीया रेणु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पहिलो पटकमै काठमाडौं–२ को प्रत्यक्ष चुनाव जितेकी २९ वर्षीया सोविता गौतमबीच मुख्य प्रतिस्पर्धा हुने … Read more

मेरो उम्मेदवारी नै सम्पुर्ण महिलाहरुको उम्मेदवारी हो : मिना खरेल

चितवन – नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएकी मिना खरेलले आफ्नो उम्मेदवारी नै सम्पुर्ण महिलाहरुको उम्मेदवारी भएको बताएकी छन् । उनले महिलाहरूको उत्साहजनक समर्थन, साथले आफ्नो जित भएको अनुभव गराएको बताईन् । मिना खरेल विगत करिब ३६ वर्षदेखि चितवनका ग्रामीण तथा शहरी क्षेत्रमा महिला तथा बालबालिकाको पक्षमा सामाजिक अभियन्ताका रूपमा सक्रिय रहदै … Read more