वीरगञ्जमा झिलीमिली बत्ती लगाउँदा करेन्ट लागेर एकको मृत्यु

वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर–१ छपकैया टोलका पियुसकुमार साह रहेका छन् । पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा झिलीमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल … Read more

मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक

सरकारले विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई नेपाल न्याय सेवाको राजपत्राङ्कीत विशिष्ट श्रेणीको पदमा बढुवा गरी नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले बढुवा नियुक्ति हुनुभएका थपलियालाई न्याय परिषद्को सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको जानकारी … Read more

सरकारको एकमात्र उद्देश्य छ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु होः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले छ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएकी प्रधानमन्त्री कार्कीले आज परराष्ट्र मन्त्रालयमा नेपालस्थित कूटनीतिक निकायका प्रतिनिधिसँगको ‘ब्रिफिङ’मा वर्तमान सरकारको एकमात्र उद्देश्य आगामी फागुन २१ गते स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नुरहेको बताउनुभयो । प्रधानमन्त्री कार्कीले … Read more

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गर्नुभएको हो । रासस

टी–२० विश्वकप छनोटः नेपाल र सामाओ भिड्दै, नेपालका तीन खेलाडी परिवर्तन

ओमानमा जारी टी–२० विश्वकप छनोट अन्तरगत आज अन्तिम खेलमा नेपाल र सामाओ भिड्दै छन् । मस्कटमा जारी खेलमा सामाओ विरुद्ध नेपाल पहिले ब्याटिङ गर्दैछ । सुपर सिक्सको शीर्ष स्थानमा रहेको नेपालले आजको अन्तिम खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा अलराउण्डर करण केसी, आरिफ शेख र स्पिनर ललित राजवंशी मैदानमा उत्रिदैछन् । सुपर … Read more

देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

चितवनमा मलामी गएका एक युवा नारायणी नदीमा बेपत्ता भएका छन्। राप्ती नगरपालिका ६ बाट शव लिई देवघाट मलामी गएका २५ वर्षीय विजय चौधरी नारायणी नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ। शव दाहसंस्कारको क्रममा पौडी उनी नदीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। बेपत्ता चौधरीको खोजी भइरहेको छ।  

‘सबै स्थानीय तहमा युवापरिषद् गठन आवश्यक’

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्सालले ७५३ वटै स्थानीय तहमा युवापरिषद् गठन गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ । आज राष्ट्रिय युवापरिषद् सानोठिमीले युएनएफपिएको साझेदारीमा यहाँ आयोजना गरेको ‘नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म युवा सहभागिता संवाद’ कार्यक्रममा उहाँले उक्त अभियान जरुरी भएको बताउनुभयो । यसअघि पनि देशभरका सबै पालिकामा युवापरिषद् वा युवाका नाममा कुनै … Read more

जेनजी आन्दोलनका मुख्य मतियार प्रचण्ड, रवि र बालेनः महेश

जेनजी आन्दोलनको मुख्य मतियार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, काठमाडौं महानगरपालिकाका मेयर बालेन, रास्वपा सभापति रवि लामिछाने भएको आरोप नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले  लगाएका छन् । बुधबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो आरोप लगाउँदै कारबाही गर्न समेत माग गरेका छन् । ‘ब्ल्याक–एनर्जीको प्रतिक ‘लुसिफर’ को नामले … Read more

पार्टीमा युवा सहभागिता बढाउन ‘डिजी युथ कांग्रेस गठन’ गर्न नेता पौडेलको प्रस्ताव

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनअघि नै कांग्रेसमा पुस्तान्तरण तथा रुपान्तरण हुनुपर्ने माग गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आज उहाँले रुपान्तरण र पुस्तान्तरण भएमात्रै निर्वाचनमा बहुमत ल्याउन सकिने धारणा राख्नुभयो । उहाँले मुलुकमा भएको जेनजी आन्दोलनलाई शङ्काका रुपमा नहेरी त्यसले उठाएका मूल मुद्दा सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । … Read more

‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक

निर्देशक टंक बुढाथोकीले आफ्नो चलचित्र ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन । शुक्रबार बिहान सार्वजनिक चलचित्रको पोस्टरमा मुख्य कलाकारहरु अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा,भोला सापकोटा,बुद्दि तामा र रवीन्द्र झालाई देखन सकिन्छ ।यसअघि सार्वजनिक भएको चलचित्रको पोस्टरमा अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको थियो । टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको … Read more