गाजा युद्धविराम सम्झौता अन्तिम चरणमा, विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीको पहल

१ माघ, काठमाडौं । इजरायल र हमासबीच गाजा युद्धविरामसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिने प्रयास भइरहेका बेला नेपालले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि पुनः पहल गरेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणाले कतारका विदेशराज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग टेलिफोन वार्ता गरेर हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि पुनः पहल गरेको हुन् … Read more

स्वास्थ्य बिमा ऐन संशोधन : हरेक तहमा सेवाप्रदायक संस्था रहने

काठमाडौं– स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवा प्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बिमा ऐन २०७४ मा भएको संसोधनअनुसार अब स्वास्थ्य बिमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तीमा एक वटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यससम्बन्धी संशोधन प्रस्ताव मन्त्रिपरिषद् … Read more

मकर संक्रान्तिको अवसरमा खिचडी भोज

जनकपुरधाम– मकर संक्रान्तिको अवसरमा आज जनकपुरधामका युवाहरूले खिचडी भोजको आयोजना गरेका छन् । संस्कृति जोगाउने उद्देश्यका साथ यहाँका स्थानीय युवाहरूले जनकपुरधामको जानकी चोकस्थित अंगराज सरको डिलमा खिचडी भोजको आयोजना गरेका हुन् । अंगराज सरको डिलमा विगत १ दशकभन्दा बढी समयदेखि खिचडी भोजको आयोजन हुँदै आएको छ । मिथिला संस्कृति तथा सनातन धर्म अन्तर्गतको संस्कृतिलाई संरक्षण … Read more

किसानका समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता

ढोरपाटन– कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधान हुनेगरी आफूले काम गरिरहेको बताएका छन् । बागलुङ नगरपालिकामा आज आयोजित कार्यक्रममा उनले वास्तविक किसान पहिचान गरेर मात्र अनुदान  दिनुपर्ने बताए। कृषि क्षेत्रमा अनुदान धेरै बाँडिएको भए पनि वास्तविक किसानका समस्या अझै समाधान नभएकामा मन्त्री अधिकारीले चिन्ता व्यक्त गरे। मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन आफूले … Read more

देवघाटधाममा महोत्सव

तनहुँ, माघ १ गते । नवलपुरको सङ्गमस्थल देवघाटधाममा एक महिने महोत्सव सुरु भएको छ । सो ठाउँमा मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि आर्थिक सङ्कलन गर्न महोत्सव सुरु भएको हो । नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा अन्य विशिष्ट अतिथिहरु १००८ स्वामी रमनानन्द जी महाराज, … Read more

पिएसबी नेपाल समावेशिताको ऐना बन्नु पर्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौं, माघ १ गते ।  सञ्चार तथा सूचना प्रबिधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्ने बताउनुभएको छ । पिएसबीको पूर्वारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार मन्त्री गुरुङले पिएसबीमा सबै वर्ग, क्षेत्र, भषाभाषि, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नु पर्ने बताउनुभएको हो । विविधताभित्र एकताबद्ध राष्ट्र निर्माणका … Read more

धनुषाधाममा मकर मेला

महेन्द्रनगर (धनुषा), माघ १- यहाँको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा आज बिहानैदेखि एकमहिने मकर मेला सुरु भएको छ । मेलाको व्यवस्थापन धनुषाधाम नगरपालिकाले गर्दै आएको छ । मेलामा देशका विभिन्न भागका साथै भारतबाट पनि धेरै श्रद्धालु आउने गरेका छन् । सीता स्वयम्वरका बेला श्रीराम धनुष उठाउँदा त्यसको एक टुक्रा आकाश, अर्को पाताल र बीचको भाग धनुषाधाममा झरेको … Read more

टुँडिखेलमा माघीको रौनक (तस्बिर)

काठमाडाैं। काठमाडौंमा बसोबास गर्दै आएका मगर समुदायले विविध साँस्कृतिक कार्यक्रम गर्दै माघे संक्रान्ति पर्व मनाएका छन्। माघे संक्रान्ति पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा भेला भएका मगर समुदायले आआफ्नो कला संस्कृतिको प्रदर्शनका साथै शुभकामना आदानप्रदान गरेका छन्। त्यसअघि काठमाडौंको भृकुटीमण्डपबाट सांस्कृतिक र्याली निकालिएको थियो । सांस्कृतिक र्‍याली बिभिन्न स्थानको परिक्रमा गर्दै टुँडीखेल पुगेको थियो। माघे संक्रान्ती पर्वको … Read more

ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने महानगरको योजना

ललितपुर, माघ १- ललितपुरका प्राचीन धरोहर लिच्छवीकालीन ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर महानगरपालिकाले लगनखेलबाट टीकाभैरवसम्म राजकुलो पुनःनिर्माण सुरु गरेको छ । राजकुलो विस्तारका लागि महानगरले रु २२ करोड बजेट छुट्टयाएको छ । महानगरका प्रमुख चिरिबाबु महर्जनले लगनखेलबाट टीकाभैरवसम्मको १४।२ किलोमिटर राजकुलो विस्तार जारी रहेको तथा हालसम्म रु … Read more

माघी पर्वले मुलुकको समृद्धिका लागि क्रियाशील हुन उत्प्रेरित गर्ने उपराष्ट्रपतिको विश्वास

काठमाडौँ, माघ १- उपराष्ट्रपति रामसहायप्रसाद यादवले माघी पर्वले मुलुकको समृद्धिका लागि क्रियाशील हुन उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । माघीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले राष्ट्रियता र परस्पर भ्रातृत्व, अपनत्व फैलाउन यस्ता मौलिक पर्वले सकारात्मक … Read more