बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत

काठमाडौं, माघ १ गते ।  चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो … Read more

दुम्सीमा कृषि उपज सङ्कलन केन्द्र स्थापना

तनहुँ, माघ १ गते । तनहुँको व्यास नगरपालिकाद्वारा वडा नम्बर–१० को दुम्सीमा कृषि उपज सङ्लन तथा बिक्री केन्द्र स्थापना गरिएको छ । गाउँमा उत्पादित माछामासु, दुध, तरकारी, फलफूललगायतका कृषि उपज सङ्कलन गरी सहज रूपमा बजारीकरण गन केन्द्र स्थापना गरिएको हो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलले केन्द्रको मङ्गलबार उद्घाटन गर्नुभयो । सो अवसरमा न्यौपानेले यस … Read more

मधेश केन्द्रित दलको बैठकमा उपेन्द्र यादवको पार्टी सहभागी भएन

१ माघ, काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूको बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल अनुपस्थित भएको छ । मंगलबार धुम्बाराहीमा जारी बैठकमा जसपा नेपालका नेताहरु सहभागी नभएका हुन् । बैठकमा सहभागी एक नेताले जसपा नेपालको तर्फबाट कुनै पनि नेता उपस्थित नभएको जानकारी गराए ।मधेश केन्द्रीत मोर्चा गठन गर्ने प्रयास स्वरुप कार्यदलको पहिलो बैठक आज … Read more

यु–१९ महिला टी–२० विश्वकपको ट्रफी सार्वजनिक

काठमाडौँ, माघ १ गते । मलेसियामा माघ ५ गतेदेखि सुरु हुने आइसिसी यु–१९ महिला टी–२० विश्वकपको ट्रफी सार्वजनिक गरिएको छ । मलेसियाको राजधानी क्वालालम्पुरको सिटी सेन्टरस्थित पेट्रोनास ट्वीन टावरमा मङ्गलबार विश्वकप खेल्ने १६ वटै देशका कप्तानले संयुक्त रुपमा विश्वकप ट्रफी सार्वजनिक गरेका हुन् । विश्वकपमा भाग लिन सबै टोली मलेसिया पुगिसकेका छन् । नेपालले पहिलो पटक यु–१९ महिला टी–२० … Read more

जय ट्रफीको फाइनलमा पुलिसविरूद्ध आर्मीले टस जित्यो

काठमाडौं, माघ १- मधेश प्रदेशमा जारी जय ट्रफी एलिट कप २०८१ को फाइनल खेल आजदेखि हुँदै छ । तीन दिवसीय फर्म्याटमा हुने उपाधि भिडन्तमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदै छ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा विहान साढे ९ बजेदेखि पहिलो दिनको खेल सुरू हुने तय भएपनि खराब मौसमका कारण … Read more

तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड

सिन्धुपाल्चोक, माघ १- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताउनुभएको छ । आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उहाँले बताउनुभयो । यहाँको सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न आउनुभएका अध्यक्ष प्रचण्डले आज … Read more

दक्षिण कोरियाली राष्ट्रपति युनको महाअभियोगमाथि सुनुवाइ सुरु

सियोल– निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलको महाअभियोग सुनुवाइ मंगलबारदेखि सुरु भएको छ । देशको संवैधानिक अदालतले असफल मार्सल ल प्रयासका कारण उनलाई राष्ट्रपतिको जिम्मेवारीबाट हटाउने कि नगर्ने भनेर मूल्यांकन गर्ने तयारी गरेको छ । युनले सांसदहरूलाई नागरिक शासनको निलम्बनलाई मतदान गर्नबाट रोक्न असफल प्रयासमा सेनाहरूलाई संसद्मा आक्रमण गर्न निर्देशन दिएपछि उनको डिसेम्बर ३ को … Read more

देवघाट महामहोत्सवमा देवी प्रतिभा

चितवन– चितवनको देवघाटमा सुरु भएको देवघाट महामहोत्सवमा कथा वाचनको लागि आइपुगेकी ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभालाई चितवनको भरतपुर महानगरपालिकाले स्वागत गरेको छ । भरतपुर महानगर प्रमुख रेणु दाहालले देवी प्रतिभालाई महानगरमा स्वागत गरेकी हुन् । सो अवसरमा महानगर प्रमुख दाहालले देवी प्रतिभा देशको गौरव भएको उल्लेख गरिन् ।भरतपुर महानगरले जनचाहना अनुरूपको विकासका कामलाई प्राथमिकता दिएको … Read more

अछाममा मनाइयो दशौँ राष्ट्रिय योग दिवस

अछाम– ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ दशौँ राष्ट्रिय योग दिवस मनाइएको छ । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालको अध्यक्षतामा मनाइएको योग दिवसमा पतञ्जलि योग समिति अछामका योग प्रशिक्षक जयबहादुर बोगटी, अछाम जिल्ला महिला योग प्रभारी गीता हमाल, महामन्त्री विश्वेश्वरप्रसाद ढुङ्गानाले योगका बारेमा जानकारी दिनाका साथै योग प्रशिक्षण दिएका थिए … Read more

कब्जामा रहेकामध्ये ३३ बन्दी रिहा गर्न हमास सहमत देखियो : इजरायल

दोहा-  प्यालेस्टाइनी विद्रोही समूह हमासले २०२३ अक्टोरमा ७ मा कब्जामा लिएर राखेकामध्ये ३३ जना बन्दी रिहा गर्ने भएको छ । दोहामा जारी वार्ताकारका अनुसार प्रारम्भिक चरणमा हमासले ३३ इजरायली बन्दी रिहा गर्न मञ्जुर भएको हो ।हमास–इजरायल बिच युद्धबिराम गर्नेबारे छलफल अन्तिम चरणमा पुगिरहेको जनाउँदै सम्झौताअनुसार पहिलो चरणमा ३३ बन्धक रिहा गर्न हमास तयार भएको इजरायली … Read more