नागरिक लगानी कोषका शेयरधनीलाई १३ प्रतिशत लाभांश स्वीकृत

काठमाडौं – नागरिक लगानी कोषको ३० औं वार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई सात प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सूर्यबहादुर थापाको अध्यक्षतामा आइतबार सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित बोनस शेयर र नगद लाभांश स्वीकृत गरेको हो । त्यसैगरी; आर्थिक … Read more

ब्राजिलका विद्यालयमा स्मार्ट फोन प्रतिबन्ध, भेटिए कारबाही गरिने

रियो दि जिनरियो- ब्राजिलले विद्यालयमा स्मार्ट फोन बोक्न प्रतिबन्ध लगाएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सोमबार विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेसँगै यो कानुन लागु भएको छ ।तर, स्मार्ट फोनको सहायतामा कक्षा लिइरहेका अपाङ्गता भएका र फरक क्षमताका विद्यार्थीलाई नयाँ नियमले अप्ठयारो पार्ने जनाएका छन् । उता, शिक्षा मन्त्री … Read more

प्रचण्डले भने–यो सरकार ढली नै हाल्छ, म रिल्याक्स गरिरहेको छु

१ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफैंले आफ्नो आयु छोट्याइरहेको बताएका छन् । त्यसैले यो सरकार धेरै नटिक्ने घोषणा समेत उनले गरे । सिन्धुपाल्चोकको सुकुटेमा आज पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको, सत्ता साझेदार कांग्रेसभित्रै असन्तुष्टि रहेको र अलोकप्रिय काम गरेकाले ढल्ने निश्चित … Read more

प्रचण्डद्वारा सुकुटेमा आयोजित भलिबल प्रतियोगिता उद्घाटन

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रियबीच भलिबल प्रतियोगिता उद्घाटन गरेका छन् । नेपाल भलिबल सङ्घको आयोजनामा प्रतियोगिता सुरु भएको हो । बालुवामाथि खेलिने भलिबल प्रतियोगिता खेलकुद र पर्यटन दुवै हिसाबले महत्त्वपूर्ण मानिन्छ। सुनकोशी नदीको किनारामा खेल सुरु भएको छ।

उत्तर कोरियाद्वारा पूर्वी सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार

एजेन्सी – उत्तर कोरियाले मंगलबार पूर्वी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । ‘उत्तर कोरियाले पूर्वी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ’, दक्षिण कोरियाको सेनाले भन्यो । सियोलले प्रक्षेपण बारेमा तत्काल कुनै विवरण साझा गरेन ।प्योङयाङले प्रशान्त महासागरमा देशका प्रतिद्वन्द्वीहरूलाई रोक्न लक्षित नयाँ हाइपरसोनिक मिसाइल प्रणाली प्रक्षेपण गरेको एक हप्तापछि यो प्रक्षेपण … Read more

भक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदै

भक्तपुर– जिल्लाका १७ हजार छ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपीभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले … Read more

नौबहिनीका ७ राष्ट्रिय खेलाडी सम्मानित

१ माघ, प्युठान । नौबहिनी गाउँपालिकाकाले ७ जना खेलाडीहरूलाई सम्मान गरेको छ । नौबहिनीमै जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका खेलाडीलाई सम्मान गरिएको हो । खेलाडीहरुलाई पालिकाले सोमबार जनही २०/२० हजार नगदसहित सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए । समानित हुनेहरूमा नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट (एनपीएल) विजेता क्रिकेट खेलाडी तुलबहादुर थापा, … Read more

काठमाडौंमा यस्तो देखियो थारू समुदायको माघी (फोटो फिचर)

काठमाडौं, माघ १ गते ।  थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवम् नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न … Read more

सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट होः राष्ट्रपति

काठमाडौं, माघ १- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्या समाधान गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आव्हान गर्नुभएको छ । माघीका अवसरमा राष्ट्रपति भवनमा आज आयोजित चियापान कार्यक्रममा उहाँले सुशासन, विकास र शान्ति नेपालीको अभीष्ट भएको बताउनुभयो । राष्ट्रपति पौडेलले हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल लक्ष्य पनि देशमा सुशासन, विकास … Read more

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० सय रुपैयाँले घटेर १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको मूल्य पनि घटेको  छ । मंगलबार … Read more