सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ

तनहुँ, पुस २५- जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका-७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन् । वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट ऋण लिएर नतिरेपछि धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रबन्धक गैह्रेलाई कुटपिट गरेपछि सोमबार प्रहरीले पाँच जनालाई … Read more

उपप्रधानमन्त्री सिंहद्वारा तनहुँ महोत्सवको उद्घाटन

तनहुँ, पुस २५ गते । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार एकाइको सहआयोजनामा तनहुँको सदरमुकाम दमौलीमा नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सव सुरु भएको छ। महोत्सवको बिहीबार नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । महोत्सवमा उद्घाटनको दिन विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन भइरहेको छ । संस्कृति, पर्यटन, … Read more

सूर्यदर्शन सहकारी प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

काठमाडौं। सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायतका प्रतिवादीहरुको थुनछेक बहस सकिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा सुनुवाइ भइरहेको सो मुद्दामा सरकारी वकिलको तर्फबाट जवाफी बहस सकिएसँगै थुनछेकको प्रक्रिया पूरा भएको हो। आज सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी … Read more

मिथिला चित्रकला बन्दैछ युवा कलाकारको ‘करियर’

काठमाडौं, पुस २५- पछिल्लो सयम मिथिला चित्रकलालाई युवा कलाकारहरूले आफ्नो ‘करियर’ अर्थात जीविकोपार्जनका रूपमा अङ्गाल्न थालेका छन् । यसमा महिलाहरूको सङ्ख्या झनै आशालाग्दो छ । मिथिला चित्रकलाको ख्याति अन्तर्राष्ट्रियस्तरसम्म फैलिएसँगै चित्रकारहरूले पनि यतिबेला देशभित्र मात्रै सीमित नरहेर अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो पहिचान स्थापित गर्दै लगेका छन् । मिथिला चित्रकलाको प्रदर्शनी, ग्यालरी सञ्चालन, क्राफ्ट निर्माणलगायत विभिन्न निजीदेखि व्यापारिक … Read more

सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको बहस सकियो, आजै आदेश आउने सम्भावना

२५ पुस, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत मुछिएको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।आजै न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना छ । बुधबार लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस … Read more

चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान व्यवस्थापन सुरु

चितवन, पुस २५- चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापन सुरु भएको छ । चलु आर्थिक वर्षमा दुई सय ५० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गर्ने योजना अनुसार अहिले काम सुरु भएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले रु ३७ लाख ५० हजार खर्चमा घाँसेमैदान व्यवस्थापन सुरु गरिएको बताउँदै कसरा, लामिताल, सुखिभार, भिम्ले, डुमरिया, बुढी राप्तीलगायत क्षेत्रमा … Read more

शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूको अनुगमन गर्ने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको अनुगमन गर्ने भएको छ । ती कलेजहरूको नियमन तथा व्यवस्थापनका लागि निर्देशिका बनाइरहेको मन्त्रालयले यही महिनाभित्रमा अनुगमन समेत थाल्ने जनाएको हो । शिक्षामन्त्री विद्या भट्टराईले त्यस्ता कलेजहरूको यही महिनाभित्रमा अनुगमन थालिने बताइन । हाल विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर ५९ वटा कलेजहरू सञ्चालनमा छन् … Read more

कांग्रेस नेता कोइराला बेलायत प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत प्रस्थान गरेका छन्। उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्। कोराइलाले बेलायती सदन वेस्ट मिनिस्टरको कार्यक्रममा सम्बोधन गर्ने छन्। सम्बोधन जनवरी १३ अर्थात पुस २९ मा हुने भएको छ। बेलायतसरकारको एशिया मामलाका विदेश राज्यमन्त्री क्याथराइन वेष्ट तथा उद्योग व्यापार क्षेत्रका मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा उनी बेलायत गएका … Read more

मुग्लिन-मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने

चितवन, पुस २५- मुग्लिन–मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ । गतहप्ता दिउँसोमा सवारी साधन रोकेर स्तारोन्नतीका काम गरिएका थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का ई बिजय दराइका अनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरेरै धमाधम काम गरिएको हो । … Read more

लस एन्जलस डढेलोः पाँच जनाको मृत्यु, एक हजार पाँच सयभन्दा बढी घरमा क्षति

हलिउड (संयुक्त राज्य अमेरिका), पुस २५ गते ।  अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार बताएका छन् ।डढेलो सहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण कम्तीमा एक हजार पाँच सयभन्दा बढी भवन जलेर नष्ट भएका छन् भने एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन्। लस एन्जलस … Read more