सांसद ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव पोखरेल पक्राउ

विराटनगर, पुस २५- सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो । मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नारायण चिमोरियाका अनुसार पोखरेलमाथि एमबीबीएसमा भर्ना गराइदिने भन्दै सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । पीडित चौधरी … Read more

आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश

मोरङ– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो । प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा … Read more

रविको मुद्दामा जवाफी बहस जारी

लेखनाथ, पुस २५ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा जवाफी बहस जारी छ । प्रतिवादीहरुको बयान सकिएपछि बुधबार जवाफी बहस सुरु भएकोमा बिहीबार पनि जारी छ । जवाफी बहस सुरु हुनुभन्दा अघि नै सूर्यदर्शन ठगी प्रकरणमा हिरासतमा रहेका सातै जना प्रतिवादीलाई कास्की जिल्ला … Read more

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता

काठमाडौँ,  पुस २५ गते ।  कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले २६ औँ परराष्ट्र सचिवका रूपमा बुधबार अपराह्नदेखि परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । “हाम्रो देश चुनौती र अवरको दोसाँधमा  छ । ती चुनौतीको सामना गर्दै अवसरलाई राष्ट्रको हितमा उपयोग गर्न निष्ठापूर्वक लाग्नेछु”, परराष्ट्र सचिवको कार्यभार सम्हालेपछि उहाँले बिहीबार बिहान रासससँग भन्नुभयो । देशलाई समृद्धिको दिशामा … Read more

बायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयन गर्न सरकारलाई निर्देशन

काठमाडाैं। संसदीय समितिले बायुसेवा निगमको व्यवसायिक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकले नेपाल वायुसेवा निगमको व्यवसायिक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याई सोको प्रगति समितिमा पेश गर्न निर्देशन दिएको हो। त्यस्तै बैठकले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरुबीच सम्झौता, समन्वय … Read more

एकै परिवारले स्थापना गरे तीन विद्यालयमा अक्षयकोष

भोजपुर- षडानन्द नगरपालिका-१ नेपालेडाँडा, खेवाछास्थित जनता आधारभूत विद्यालयका संस्थापक स्वर्गीय ज्ञानबहादुर खड्काको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ। विद्यालय व्यवस्थापन समितिमा रहेर समेत काम गरेका खड्काको स्मृतिमा उनका तरिवारले तीनवटा विद्यालयहरूमा अलग-अलग अक्षयकोष स्थापना गरिदिएका हुन् ।खड्काको वार्षिक पुन्य तिथिको अवसरमा गत पुस १८ गते उनका परिवारका सदस्यहरूले जनता आधारभूत विद्यालयसहित तीनवटामा अक्षयकोष राखेका हुन् । … Read more

२४ किलो बढी चरेससहित तीन पक्राउ

घोराही, पुस २५ गते । दाङमा प्रहरीले २४ किलो बढी अवैध लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । अवैध लागुऔषध चरेसको कारोवार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका–१३ सिर्जनशिल टोलबाट २४ किलो ७१० ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ निवासी … Read more

विभागीय कर्मचारीमाथि पूर्वाग्रह गरेको छैनः मन्त्री पाण्डे

काठमाडौं, पुस २५ गते । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको प्रष्ट पार्नुभएको छ । प्रतिनिधि सभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । मन्त्री पाण्डेले भन्नुभयो, ‘‘मेरो कुनै पनि विभागीय कर्मचारीहरु माथि पूर्वाग्रह छैन । कसले … Read more

लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव पोखरेल पक्राउ

विराटनर । संसद्‍को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।  ठगी आरोप लागेका उनलाई प्रहरीले विराटनगरबाटै पक्राउ गरेको हो । ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पक्राउ गर्न प्रहरीलाई मोरङ जिल्ला अदालतले अनुमति दिएको थियो । पोखरेलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौवालाल … Read more

डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो

काठमाडौँ,पुस २५- सिताके च्याउको मूल्य आधाभन्दा बढीले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार थोकमा प्रतिकेजी अधिकतम रु आठ सयमा बिक्री भएको सिताके च्याउको मूल्य आज आधाभन्दा बढीले घटेर प्रतिकेजी तीन सय ३० मा बिक्री भइरहेको छ । समितिका अनुसार बुधबार थोकमा डल्ले च्याउ प्रतिकेजी अधिकतम रु दुई सय ८० … Read more