प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना

प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्चालमार्फत शुभकामना व्यक्त गर्दै भन्नुभएको छ, “प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको यस पर्वले मानवताका साझा मूल्यहरूलाई अझ सुदृढ बनाउँदै समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि … Read more

कोरियाका पाँचबढि कलेज युनिभर्सिटीसंग सेन्ट्रल कलेजको सम्झौता

कोरियाका पाँचबढि कलेज युनिभर्सिटीसंग सेन्ट्रल कलेजको सम्झौता गरेको छ । कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलको कोरिया भ्रमणका क्रममा विभिन्न कलेजहरुसंग दुइपक्षिय सम्झौता भएको हो । कोरियाको किउगउन युनिभर्सिटी गुमी, दाइसिन युनिभर्सिटी देउगु, सिल्ला युनिभर्सिटी बुसान, अल्सान कलेज अल्सान लगायत कलेज युनिभर्सिटीसंग सम्झौता भएको हो । यस्तै एशिया कोरियन एजुकेशन साउथ कोरियामा सेन्ट्रल कलेजले आफ्नो … Read more

सुनचाँदीको मुल्यमा केही गिरावट ,कतिमा हुदैँछ कारोबार ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । आजको लागि सुनको मूल्य तोलाको दुई लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै , चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी … Read more

कर्नाटकमा बस र ट्रक ठक्कर खाँदा आगलागी, एक दर्जन जनाभन्दा बढीको मृत्यु भएको आशङ्का

भारतको कर्नाटक राज्यस्थित चित्रदुर्गा जिल्लाको हिरियुर तालुकमा पर्ने राष्ट्रिय राजमार्ग ४८ मा बिहीबार भएको भयानक सडक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको आशङ्का गरिएको छ। हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार बेङ्गलुरुबाट शिवमोगाका लागि छुटेको एउटा निजी स्लिपर कोच बस र विपरित दिशाबाट आइरहेको लरी ९ट्रक० एकआपसमा ठोक्किँदा बसमा आगलागी भएको थियो। ठक्कर लगत्तै बसमा आगो सल्किएपछि … Read more

तमिलनाडुमा बसले दुई कारलाई कुल्चिँदा ९ जनाको मृत्यु

भारतको तमिलनाडु राज्यस्थित कडलूर जिल्लामा बुधबार राति भएको एउटा सडक दुर्घटनामा परी ९ जनाको ज्यान गएको छ। तिरुचिरापल्लीबाट चेन्नईतर्फ जाँदै गरेको सरकारी रोडवेज बसको टायर अचानक पड्किएर अनियन्त्रित हुँदा यो घटना भएको हो। अनियन्त्रित बस सडकको डिभाइडर नाघेर अर्को लेनमा पुगेपछि विपरित दिशाबाट आइरहेका दुईवटा कारलाई कुल्चिन पुगेको थियो। बसले किचेका दुवै कारहरू पूर्ण रूपमा … Read more

क्रिकेटर मिनष थापाको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु

क्रिकेटर मिनष थापाको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा २७ वर्षीय थापाको मृत्यु भएको हो । विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजेतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते … Read more

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘क्रिसमस डे’ का अवसरमा आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले यस्ता पर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने उल्लेख … Read more

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैँचामा परिणत गरेका हुन् । दोवाटाका मित्रलाल गौतमले कुनै समय स्याल लुक्ने झाडी अहिले हराभरा बगैँचामा परिणत भएको बताउनुभयो । “कोदो, मकैखेती हुन छाडेपछि पाखोबारी बाँझिएर बिलाउनीको झाडीले भरेको थियो”, उहाँले भन्नुभयो, … Read more

अनेरास्ववियु बालकुमारी कलेजकोे आयोजनामा दोस्रो संस्करणको अन्तरकलेज फुटसल प्रतियोगिता सम्पन्न

अनेरास्ववियु क्याम्पस कमिटी, बालकुमारी कलेजको आयोजनामा दोस्रो संस्करणको अन्तरकलेज फुटसल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ। प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा खेलाडिले प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल प्रस्तुत गरेका थिए। प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बालकुमारी कलेजले उपाधि हात पार्न सफल भएको छ भने विरेन्द्र बहुमुखी क्याम्पस उपविजेता बनेको छ। खेल … Read more

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा … Read more