सुनको मूल्यले तोलाको २ लाख ६१ हजार भन्दामाथि

नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ३६५ रुपैयाँ कायम भएको छ । आइतबार सुनको … Read more

निर्वाचन ७३ दिन बाँकीः यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ ।आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन ९पहिलो संशोधन० निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम राजनीतिक दलले उम्मेद्वारको बन्द सूची पेस गर्दा नयाँ व्यवस्थाअनुसार … Read more

चितवनको एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको … Read more

नदी किनारमा फोहोर जलाउनेलाई कारबाही गर्न चितवनको जेन-जी समूहको माग

नारायणी नदी किनारमा फोहोर जलाएको विषयमा चितवनको जेन-जी समूहले दोषीमाथि कडा कारबाहीको माग गरेको छ । चितवन जिल्ला खेलकुद विकास समितिले खेलकुद तथा व्यापारिक महोत्सव आयोजना गर्दा उत्पन्न फोहोर नदी किनारमै जलाएको घटनामा जेन-जी समूह र बेटर चितवन नामक संस्थाले आइतबार भरतपुर महानगरपालिकामा ज्ञापनपत्रसमेत बुझाएका छन् । ‘महोत्सव सकिएकै महिना दिनभन्दन बढी भयो । त्यहाँको … Read more

१५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने घोषणा गर्नुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो घोषणा गर्नुभएको हो । आफू १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको र सभापति बन्ने दाबी गर्नुभयो । महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभइ पार्टीलाई नयाँ बनाउने समय भएको पनि बताउनु भयो … Read more

पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनूः रवि

राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र नेकपा एमालेलाई फागुन २१ गतेको चुनावमा फेस गरेर देखाउन चुनौती दिएका छन् । आज (आइतबार) बनस्थलीस्थित केन्द्रीय कार्यालयमा उनले एघारौँ महाधिवेशनबाट तेस्रो पटक एमालेको अध्यक्ष भएका केपी शर्मा ओलीलाई नभागी निर्वाचनमा सहभागी हुन पनि चुनौती दिएका छन् । ‘चुनावमा भाग लिएर पार्टीको जस्तै आमचुनावमा पनि जिते … Read more

पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन

दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काब, सन् १९४१ मा पर्ल हार्बरमा भएको जापानी आक्रमणबाट बाँच्न सफल अन्तिम व्यक्तिहरूमध्ये एक, को १०५ वर्षको उमेरमा निधन भएको छ । उहाँको निधन शनिबार बिहान आफ्नै घरमा परिवारको उपस्थितिमा भएको उहाँकी छोरी किम्बर्ली हेनरिकसले जानकारी दिनुभयो । उहाँको निधनसँगै पर्ल हार्बरको आकस्मिक आक्रमणबाट बाँचेकाहरूको सङ्ख्या करिब एक दर्जनमा … Read more

कांग्रेस सभापतिसहित शीर्ष नेताले गरेनन् प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर

प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा नेपाली कांग्रेसका सभापतिसहित शीर्ष नेताहरूले हस्ताक्षर गरेका छैनन्। सभा पुनर्स्थापनाका पक्षमा सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले हस्ताक्षर नगरेका हुन् । निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा सर्वोच्च अदालतमा रिट दिएका छन्। सोही रिटमा पक्ष कायम गर्न कांग्रेसका थप सांसदहरूले पनि हस्ताक्षर गरेका छन्। … Read more

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भएको छ । धार्मिक पर्यटन प्रवर्द्धन गरी धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने लक्ष्यसहित बौद्धस्तूप निर्माण गरिएको हो । सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २७ लाख बजेटमा स्तूप निर्माण गरिएको टेम्केमैयुङ-९ लेखर्कका वडाध्यक्ष नवराज माङ्पाहाङ्गले जानकारी दिनुभयो । काठमाडौँस्थित … Read more

नवलपरासी-१ बाट चौधरीको उम्मेदवार सिफारिस

नेपाली कांग्रेसले प्रतिनिधि सभा प्रत्यक्षतर्फ विनोद चौधरीको नाम सिफारिस गरेको छ। फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा नवलपरासी-१ बाट कांग्रेसले प्रतिनिधि सभा प्रत्यक्षतर्फ चौधरीको नाम सिफारिस गरेको हो। लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाहरूबाट सिफारिस भएका नामहरू आवश्यक सुझावसहित केन्द्रमा पठाउने निर्णय गरेको हो। चौधरीसँगै अर्का नेता विक्रम खनालको नाम पनि प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस भएकोमा पार्टीले … Read more