ब्राजिलमा एउटा यात्रुबाहक विमान दुर्घटना, ६१ जनाको मृत्यु

काठमाडौं। ब्राजिलको साओ पाउलो राज्यमा एउटा विमान दुर्घटनामा परेको छ। दुर्घटनामा विमानमा सवार ५७ यात्रु र ४ चालक दलका सदस्य सहित ६१ जनाकै मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्। दुई वटा इन्जिन भएको एटीआर ७२-५०० टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलका लागि उडिरहेको थियो। विमान अवतरणअघि नै भिन्हेडो शहरमा खसेको … Read more

चार करोड भन्दा बढी मूल्यको इलेक्ट्रोनिक चुरोट ‘भेप’ बरामद

पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार वीरगन्जको रेलवे रोडमा अवस्थित एक घरमा छापामारी चार करोड भन्दा बढी मूल्यको अबैध भेप भनिने इलेक्ट्रोनिक चुरोट बरामद गरेको छ। प्रहरीले विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिकाको वडा नं. ६ निवासी राम प्रसाद बैरेको घरमा भण्डार गरी राखेको ४ करोड ८६ लाख भन्दा बढी मुल्यको १५ हजार २ सय पिस … Read more

कस्तो रहला शनिबार देशभरको मौसम?

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा … Read more

२०८१ साल साउन २६ गते शनिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्नेछ । रमणीय र सुखद् यात्राको योग छन् । आत्मबल र हिम्मत पनि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जोशजाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ … Read more

मैयाँदेवी कलेजले उत्कृष्ट हुने छात्रालाई ५१ हजार सहित सम्मान गर्न

भरतपुर- मैयाँदेवी कन्या कलेजका छात्राहरूलाई स्वागत तथा सम्मान गरिएको छ । शुक्रवार कलेजमा कार्यक्रम आयोजना गरी कक्षा १२ पास गरेका छात्राहरूलाई बधाई तथा स्नातक तहमा अध्ययन गर्ने छात्राहरूलाई स्वागत गरिएको हो । कलेजले स्नातक तहमा अध्ययन गर्ने छात्राहरूलाई आकर्षक सुविधा समेत दिने कलेजका प्रिन्सिपल भोजराज न्यौपानेले बताए । कलेज सञ्चालक समितिले सस्थापक संरक्षक स्व०मैयाँदेवी श्रेष्ठको … Read more

लमजुङको नयाँ पर्यटकीय गन्तब्य जोडी परेवा

सुन्दरबजार  (लमजुङ),लमजुङको परेवाडाँडाको नाम सुन्नेबित्तिकै जो कोहीलाई झट्ट परेवाको प्रतीक भन्ने याद आउँछ । नभन्दै परेवाडाँडामा भएको जोडी परेवाको प्रतीक यतिबेला जिल्लाकै पर्यटकीय गन्तव्य स्थल बन्ने भएको छ । मध्यपहाडि लोकमार्गअन्तर्गत सुन्दरबजारको खत्रीठाँटीदेखि खत्रीठाँटी–कुन्छा सडकको परेवाडाँडा–हरिया खण्डबाट एक सय मिटरको दूरीमा रहेको मणिडाँडामा जोडी परेवाको प्रतीकसहित पार्क निर्माणको कार्य थालनी गरिएको छ । सडकबाट जोडी … Read more

चिट चोराउने दुई पक्राउ

नेपालगन्ज, साउन २५ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा बाँकेको कोहलपुर नगरपालिकामा चिट चोराउन खोज्ने दुई जना शुक्रवार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर –१४ मा रहेको राम माध्यमिक विद्यालयबाट चिट चोराउन खोज्ने दुई जनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा कोहलपुर ११ का … Read more

बालसुधार गृह र कारागारको स्थलगत अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदन पारित

काठमाडौं– प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालका बालसुधार गृह र कारागारहरूको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पारित गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सुझावसहित उपसमितिको प्रतिवेदन पारित गरेको हो ।बैठकमा मोरङको विराटनगर बालसुधार गृह तथा मोरङ, सुनसरी र धनकुटाको कारागार उपसमितिको प्रतिवेदन, विरगंज बालसुधार गृह, पर्सा, रौतहट, महोत्तरी र … Read more

आगामी संसद् बैठकमा टीआरसी विधेयक पेस गर्न पत्राचार

काठमाडौँ- टीआरसी विधेयक आगामी संसद् बैठकमा पेस गर्न आग्रहसहित कानुन, न्याय तथा मानवअधिकार समितिले सभामुख देवराज घिमिरेलाई पत्राचार गरेको छ। उक्त समितिबाट बिहीबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक)माथि दफावार छलफल भई पारित भएसँगै सभापति विमला सुवेदीले प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्न पत्राचार … Read more

सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई लाइन नबसी सहज रूपमा उपचारको व्यवस्था गर्न आग्रह गरेका हुन् ।प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा … Read more