त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौताको

बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट उपभोग बिजुलीको बक्यौताको पहिलो किस्ता बुझाएको छ । नेपाल विद्युत् प्राधिकरणलाई उक्त उद्योगले पहिलो किस्ता बिहीबार तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको उद्योगको बिजुली हिजैदेखि आपूर्ति गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले राससलाई जानकारी दिनुभयो । त्रिवेणी सिन्थेटिकको रु चार करोड ३९ लाख ८३ … Read more

भरतपुरका मौरीपालक किसान मारमा

सरकारले आयातित महलाई बजारमा प्रमुख स्थान दिँदा स्वदेशी मौरीपालक किसान असन्तुष्ट भएका छन् । मह उत्पादन र खपतको मुख्य समय असोजदेखि चैत्रसम्म हुने भएकाले सो अवधिमा विदेशी मह आयात गर्ने सरकारको निर्णय किसानको हितमा नरहेको किसानको गुनासो छ । साथै चरन क्षेत्रमा हुने विभिन्न अवरोधका कारण पनि मौरीपालक किसान थप मर्कामा छन् । सरकारले सहयोग … Read more

सुशासनसहित निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइने: प्रजिअ लुइटेल

जिल्ला प्रशासन कार्यालय, धनुषाले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी शान्तिसुरक्षा चुस्तदुरुस्त एवं प्रभावकारी बनाउने काममा सहयोग गरिदिन जिल्लाबासीसँग अनुरोध गरेको छ । जिल्लास्थित अगुवा एवं सक्रिय पत्रकारसँगको भेटघाटका अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले सुरक्षा व्यवस्था सुनिश्चित गरी भयरहित वातावरणबीच प्रतिनिधिसभाको निर्वाचन सफल बनाउने काममा जुटेको प्रशासन संयन्त्रलाई साथ दिन सम्बद्ध सबैसँग … Read more

बिहार विधानसभा निर्वाचनः धनुषाको जटही नाका १२ घण्टा बन्द, दुवै देशका सुरक्षाकर्मी तैनाथ

भारतको बिहार राज्यमा जारी विधानसभा निर्वाचनको पहिलो चरणलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको जटही नाका बन्द गरिएको छ । बिहीवार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको हो । भारतीय प्रशासनको निर्देशनमा नेपालतर्फको सुरक्षा निकायले पनि सहयोग गर्दै सीमा क्षेत्रमा कडा निगरानी र चेकजाँच बढाएको छ । निर्वाचनको समयमा … Read more

बनेपामा आजदेखी बाह्र–बर्षे नरदेवी नाच

बनेपामा आजदेखि परम्परागत–ऐतिहासिक एवम् धार्मिक महत्वको १२ वर्षे श्री श्वेतकाली देवी (नरदेवी) नाच सुरु हुँदैछ । प्रत्येक १२ वर्षमा आयोजना हुने यस नाच बनेपा नगरको ऐतिहासिक लायकु डबलीमा तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । जात्रा व्यवस्थापन समितिका अनुसार विधिवत् रूपमा भक्तपुरबाट बनेपामा देवीको प्रस्थान गराई आज दिउँसो अपरान्ह बनेपाको लायकु गणेशस्थानमा ल्याइनेछ । परम्परागत … Read more

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ३७ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १० निर्धारण भएको छ । बुधबार एक तोला सुन रु दुई लाख ३७ हजार २०० र चाँदी रु … Read more

सत्र करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै

कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने कालीगण्डकी माथि मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माणको प्रारम्भिक प्रक्रिया प्रारम्भ भएको छ । प्रदेश सरकारअन्तर्गत गण्डकी पूर्वाधार विकास निर्देशनालयले कुश्मा नगरपालिका–२ नयाँपुल र बागलुङ नगरपालिका–१३ कालाखोला जोड्नेगरी १०० मिटर लामो पक्की पुल निर्माण सुरु गरेको हो । पुलको लागत रु १६ करोड ९५ लाख … Read more

जेरी अन टप चलचित्रले कमायो १० करोड, अरुको कमाइ कति ?

पछिल्लो समय प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर जेरी अन टप नामक चलचित्रले १० करोड ५१ लाख कमाएको छ । ३ लाख ३३ हजार ६ सय ५ वटा टिकट विक्रि गरेर उक्त चलचित्रले करोडौं कमाउन सफल भएको हो । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कात्तिक १५ सम्मको बक्स अफिस रिपोर्टअनुसार अर्को बलिदान चलचित्रले ५ करोड … Read more

भरतपुरबाट भागेका वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती

कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदीबन्दी हालसम्म फर्किएका छैनन् । तीमध्ये १२ जना दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारका मुख्य अभियुक्त हुन् । वन्यजन्तु अपराधका कैदीबन्दी कारागार नफर्किंदा गैँडासहित अन्य वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ । दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गर्ने व्यवसायका मुख्य अभियुक्तसमेत बाहिर रहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले उच्च सतर्कता … Read more

टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु

मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भिरमा आज बिहान टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । बा५ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटना हुँदा २८ वर्षीय चालक किसिम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मण्डनदेउपुर-७ झगारपुर निवासी चालक ‘स्टेरिङ’मा जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी … Read more