नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी

न्युयोर्क । न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन गर्ने स्वतन्त्र कानूनी अधिकार न्युयोर्क सहरसँग नरहेको स्पष्ट पार्दै त्यसका लागि अमेरिकी सङ्घीय सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा मेयर ममदानीले नेतान्याहु न्युयोर्क आएमा आइसिसीको पक्राउ पुर्जी कार्यान्वयन … Read more

प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ । विगत केही दिनदेखि मुलुकको अर्थतन्त्र सुधार्ने उद्देश्यले विभिन्न उद्योगी व्यवसायीहरूसँग निरन्तर छलफल गरिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्रीले मुलुकको हस्तकला उद्योग, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महासङ्घका प्रतिनिधिसँग छलफल गर्न लागेका हुन् । छलफलमा महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य, … Read more

आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई सही दिशामा मोड्ने कार्यको सफल सुरुवात गरेको बताएका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँग आयोजित बैठकलाई सोमबार सम्बोधन गर्दै उनले आगामी वर्षहरूमा अर्थतन्त्रलाई तीव्रता दिने र यसको प्रतिफल जनतासम्म पुर्‍याउने बताएका हुन्। अर्थतन्त्रलाई एक विशाल जहाजको संज्ञा दिँदै उनले चालु वर्षमा … Read more

भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। समितिले  साउन ४ गते अन्तिम पटकका लागि यो सूचना प्रकाशित गर्दै तोकिएका जिल्ला र स्थानीय तहका लक्षित वर्गलाई निवेदन दिन … Read more

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम । डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाएको छ । जिल्लाको गोलबजार नगरपालिकास्थित चोहर्वा ब्यारेक नजिकै वन क्षेत्र अतिक्रमण गरेर बनााइएको संरचना हटाइएको कार्यालय प्रमुख बेचन चौधरीले जानकारी दिए । यस्तै बलान सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरेर खनजोत गरेर खेती गरिरहेको जग्गा खाली गराएको प्रमुख चौधरीले … Read more

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

कास्की ।  गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् । तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख २४ हजार तीन … Read more

गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान

कैटुमा । गुयानाको तटीय क्षेत्रमा यात्रुवाहक फेरी डुब्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ। फेरीमा सवार चालक दलका सदस्यहरूले लागूऔषध परीक्षणमा नियम उल्लंघन गरेको पुष्टि भएपछि उनीहरूमाथि अनुसन्धान थालिएको छ। गुयानाका अधिकारीहरूका अनुसार ‘एमभी बारिमा’ नामक फेरीमा १७९ जना सवार थिए। राजधानी जर्जटाउनबाट उत्तरपश्चिमी क्षेत्रको पोर्ट कैटुमातर्फ जाँदै गरेको फेरी शनिबार राति पल्टिनुअघि आपत्कालीन सन्देश … Read more

खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव

चितवन । बर्सातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्ने भन्दै चिकित्सकहरुले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्। भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामीमध्ये ३० प्रतिशत हाराहारी त्यस्ता बिरामी आउन थालेको भन्दै सजग रहन आग्रह गरिएको हो। अस्पतालका निर्देशक डा. पुष्पा गिरी श्रेष्ठले नेपाल नेत्रज्योति सङ्घ भरतपुरबाट सञ्चालित भरतपुर आँखा अस्पतालसहित … Read more

सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचका क्रममा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षणसम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरुलाई अनुरोध गरेको छ । विभागअन्तर्गतको सवारी अनुगमन, मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका … Read more

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, ४ साउनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३६, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४८, आलु रातो (गोलो) प्रतिकिलो रु ४६, आलु रातो (मुढे) प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) … Read more