बंगलादेशमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौं– बंगलादेशस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सचेत गराएको छ । बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनहरूमा भएका झडपलाई मध्यनजर गर्दै नेपाली दूतावासले नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सचेत गराएको हो । आन्दोलन चर्किदै गएपछि बंगलादेशको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अनिश्चतकालका लागि बन्द गरेको छ … Read more

नवलपुरमा सर्पदंशबाट बालकको मृत्यु

नवलपुर (नवलपरासी), नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु–६ भण्डाराका १४ वर्षीय आर्यन महतोको सर्पदंशबाट गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले मङ्गलबार घरमा खेल्ने क्रममा महतोलाई सर्पले डसेको जानकारी दिनुभयो । सर्पदंशबाट घाइते बालकलाई कावासोतीस्थित कालीगण्डकी अस्पतालमा … Read more

त्रिशूलीमा बेपत्ता गणपति डिलक्स बसका चालक र सहचालकको शव १०३ किलोमिटर टाढा भेटियो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको प्रहरीले जनाएको छ । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय … Read more

कुकुर मारेको निहुँमा छोराले गरे ढुंगाले हानेर बाबुको हत्या

नवलपरासी पूर्वमा छोराले ढुंगा प्रहार गरी बाबुको हत्या गरेका छन्। बुधबार बिहान सवा ११ बजे कावासोती नगरपालिका-५ ठकुरीचोकमा बुबा-छोराबीच झगडा हुँदा ढुंगा प्रहार हुँदा बुवा ४३ वर्षीय प्रेम कुमालको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद पौडेलका अनुसार घरमा पालेको कुकुरलाई पिटेको विषयमा प्रेम र उनका १८ वर्षीय छोरा निराजनबीच झगडा भएको थियो। प्रेमको … Read more

सिमलताल घटना अध्ययन कार्यदल पुग्यो घटनास्थलमा

काठमाण्डु – गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले काम थालेको छ । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।दश दिनको कार्यादेश दिइएको कार्यदलले आज घटनास्थल … Read more

रामशाहपथमा विद्युतीय पोलमा आगलागी

काठमाडौंको रामशाहपथमा विद्युतीय पोलमा आगलागी भएको छ। बुधबार बिहान रामशाहपथस्थित राष्ट्रिय बीमा संस्थान अगाडि विद्युत शर्ट भई आगलागी भएको हो। आगलागीबाट बिजुलीका तारहरू जलेका छन्। आगलागी वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको हो।  

लगातार तेस्रो दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो?

नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४९ … Read more

छोराबुहारीले वनमा छोडेका वृद्धको उद्धार

मोरङ, मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्माचारीले उद्धार गरेका छन् । बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट आज ७० वर्षीय उमेर बताउनुहुने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो । वन हेरालु टोलीले उहाँलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ । बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर … Read more

यार्सा पाटनमा मृत्यु र पीडितका परिवारलाई टेवाको सहयोग

यार्सा टिप्न मुगुका पाटनहरुमा पुगेको बेला बिरामी परेका र लेख लागेर मृत्यु भएकाहरुको परिवारलाई टेवाले राहत स्वरुप आवश्यक सामग्रीहरु सहयोग गरेको छ । गत बैशाखदेखि असार मसान्तसम्म यार्सा टिप्न गएका बेला बिरामी भएर मृत्यु भएका ४ जनाको परिवार र बिरामी परेका २७ जनाको घरपरिवारलाई दैनिक उपभोग्य, लत्ता कपडा लगायतका राहत सामग्री सहयोग गरेको टेवाको मुगुस्थित … Read more

राप्तीको भण्डारामा कन्टेनर ट्रकसँग कार ठोक्किदा कार चालक घाइते

चितवन, पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारा चोकमा आज बिहान करिब ५ बजेको समयमा कन्टेनर ट्रक र कार आपसमा ठोक्किएका छन् । पूर्व–पश्चिम राजमार्गमा भण्डाराबाट लोथरतर्फ जाँदै गरेको ना ७ ख ७० नम्बरको कन्टेनर ट्रकको दाहिने साइडमा विपरित दिशाबाट आइरहेको बा प्र ०१–०२८ च ९४४० नम्बरको कार ठोक्किएको हो । ठक्करबाट कार चालक भरतपुर महानगरपालिका–१० बस्ने अन्दाजी … Read more