राज्यमन्त्री हत्या प्रकरणः राति ३ जना घरमा आएको खुसाला

सर्लाही,सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । पूर्वराज्यमन्त्री रायको हत्या भएको राति उनको घरमा तीन जना मान्छे आएको खुलेको छ । चन्द्रनगर गाउँपालिका-१ स्थित आफ्नै घरमा हत्या भएका रायको घरमा राति साढे ९ बजेतिर तीन जनाको समूह आएको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले बताए ।प्रहरी स्रोतकाअनुसार राय राति श्राद्धमा गएर राति साढे ८ बजेतिर … Read more

पर्यटन व्यापारमा श्रीलंकाको उल्लेखनीय सुधार

एजेन्सी । सन् २०२४ को जुलाई मध्यसम्ममा श्रीलङ्कामा १० लाख बढी पर्यटक घुम्न पुगेका छन् । श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) का अनुसार जुलाई १८ सम्ममा १ मिलियन बढी अर्थात् १० लाख १९ हजार ६४२ विदेशी पर्यटक श्रीलङ्का भित्रिएका हुन् । जुलाईको पहिलो साता ४३ हजार ८३ पर्यटक श्रीलङ्का भित्रिएकामा दोस्रो साता ४२ हजार ३ … Read more

सुनको मूल्य प्रतितोला एक सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार तीन सय निर्धारण भएको छ । त्यस्तै, आइतबार प्रतितोला रु एक लाख ४५ हजार पाँच सयमा कारोबार … Read more

शर्माको सफलता- अष्ट्रेलिया पुगेर सुरु गरेको ‘ट्वाइलेट’ सफा गर्ने व्यवसाय नेपालमा पनि विस्तार

काठमाडौं । केही वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफा गरेर चर्चा बटुलेका खेमनाथ शर्मा खेम्स क्लिनिकका सञ्चालक तथा बुढानीकण्ठस्थितस्थित डेक्काइडो ओन्सेन (डेक्काइडो फार्म हाउस)का प्रबन्ध निर्देशक हुन् । तनहुँमा जन्मिएर चितवन भरतपुरबाट एसएलसी उत्रिण गरेपछि राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसबाट प्रविणता प्रमाणपत्र पास गरेका उनी उच्च शिक्षा अध्ययनका लागि सन् २००८ मा अष्ट्रेलिया पुगे । अष्ट्रेलियामा शर्माले अडभ्यान्स्ट … Read more

अमेरिकी राष्ट्रपतिको उम्मेदवार नबन्ने बाइडेनको घोषणा, ह्यारिसलाई समर्थन

वासिङ्टन (संयुक्त राज्य अमेरिका),  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गर्नुभएको छ । उहाँले आफ्नो ठाउँमा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्नुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिनाको अन्त्यमा  बहस प्रदर्शनपछि चुनावमा आफ्नो व्यFवहारिकताको बारेमा बढ्दो सङ्ख्यामा डेमाक्र्याटहरूले चिन्ता व्यक्त गरेपछि राष्ट्रपतिको … Read more

रविलाई विनोद चौधरीको जवाफ- आइतबारको अभिव्यक्ति स्टन्टको मानसिकताको निरन्तरता

काठमाडौं : नेपाली कांग्रेस सांसद विनोद चौधरीले रवि लामिछानेले आफू लक्षित दिएको अभिव्यक्तिको आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा पूर्वगृहमन्त्री समेत रहेका रास्वपाका सभापति लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनुसन्धान गरिरहेको हाजिरी जमानीमा छुटेको मान्छे सरकार बने लगत्तै बालकोट पुगेर गीत गाइरहँदा पहिल्यै शंका उत्पन्न भएको बताएका थिए। त्यही विषयमा सांसद चौधरीले जनतालाई दिग्भ्रमित पार्ने … Read more

चितवन राष्ट्रिय निकुञ्जमा ७६ जनावर मरे, २२२ वटाको उद्धार

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०–८१ मा पन्ध्र प्रजातिका ७६ जनावार मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा कुकुरको आक्रमणबाट दुई र २२ प्राकृतिक कारणले २४ चित्तल मरेका थिए ।यसैगरी सो अवधिमा गैँडा २१ मरेका छन् । ती मध्ये १८ प्राकृतिक कारणले हो … Read more

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन‍्। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले आइतबार (साउन ६ गते) विश्वासको मत लिने भएका हुन्। त्यस दिन उनले देशबासीका नाममा सम्बोधन समेत गर्नेछन्। त्यसपछि उनले विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री … Read more

चितवनमा रेलमार्ग सर्भे टोलीको गाडीमा स्थानीयले गरे आगजनी

चितवन,चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्। बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर उनीहरूले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ। गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको छ।

साउने सङ्क्रान्तिमा सुनसान देवघाटधाम

चितवन । साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाम आज सुनसान देखिएको छ । संक्रान्तिका दिन बिहानैदेखि भक्तजन आएर यहाँ स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन छ । नारायणी नदीमा आएको बाढी र केही दिनअघि सिमलतालमा भएको बस दुर्घटनाका कारण आज साउने संक्रान्तिका दिन देवघाटमा भक्तजनहरुको उपस्थिती न्यून भएको यहाँ … Read more