भारतको उत्तर प्रदेशमा सत्सङ्ग कार्यक्रममा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १ सय १६ जना पुग्यो

काठमाण्डौं,भारतको उत्तर प्रदेश हाथरसमा आयोजना भएको एक धार्मिक कार्यक्रममा भागदौड हुँदा एक सय १६ जनाले ज्यान गुमाएका छन् । हिन्दूको सत्सङ्ग कार्यक्रममा भएको घटनामा अरू धेरै मानिस घाइते भएकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका रहेका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार … Read more

गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै नेताहरूले भने– शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाइ गर्नुहुँदैन

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरूले शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गर्नुपर्ने बताएका छन् । मंगलबार गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसर पारेर सानेपामा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । नेता सिटौलाले शान्ति प्रक्रियाको काम तत्काल पूरा गर्दामात्रै पीडितले न्याय पाउने र गिरिजाप्रसाद कोइरालाप्रति पनि उचित श्रद्धासुमन हुने धारणा राखे । उनले … Read more

पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा, मणिपाल अस्पतालसम्बन्धी कागजात जफत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ ।मंगलबार दिउँसो आयोगको टोलीले छापा मारेर विभिन्न कागजात नियन्त्रणमा लिएको हो ।मणिपाल मेडिकल कलेजको भवन नक्सा पासमा १९ करोड ८१ लाख राजस्व छुट दिएपछि महानगरविरुद्ध अख्तियारमा उजुरी परेको थियो । आयोगको टोलीले कार्यालयबाट कार्यपालिका बैठकको निर्णय, राजस्व विवरण, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात … Read more

नेपाली श्रमिक इजरायल नपठाउन अपिल

 काठमाडौं । अभियन्ताहरूले युद्धरत इजरायलमा रोजगारीका लागि नेपाली नागरिकलाई नपठाउन आग्रह गरेका छन् ।श्रम तथा रोजगार मन्त्रालयले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरका रूपमा नेपाली कामदार पठाउने प्रक्रिया अगाडि बढाएको छ । अभियन्ताहरूले सरकारको उक्त निर्णय तत्काल रद्द गर्न माग गरेका हुन् ।अभियन्ताहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सम्बद्ध मन्त्रालय नेपाल सरकारलाई नेपाली नागरिकहरूको बाँच्न … Read more

प्रादेशिक अस्पतालको स्टोर शाखा डुबानमा, पानीमा बग्दै औषधि

ढल्केवर(धनुषा), मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुर डुबानमा परेको छ। सोमबार बेलुकादेखि मंगलबार बिहानसम्म परेको अविरल वर्षाले प्रादेशिक अस्पताल जनकपुरको स्टोर शाखा डुबानमा परेको हो। स्टोर शाखा डुबानमा परेपछि औषधिहरू अस्पताल कम्पाउण्डमा बगिरहेको देखिन्छ। अस्पतालका अन्य शाखाहरु नयाँ संरचनामा सारे पनि स्टोर शाखा पुरानै भवनमा रहेकोले डुबानमा परेको अस्पतालका एक कर्मचारीले बताए। … Read more

गृहमन्त्री भन्छन् – भ्रष्टाचारको फाइल खोलेपछि एक रात पनि सरकार टिक्न दिइएन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारविरूद्धको कारबाहीका कारण नयाँ समीकरण बनेको बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको बताए ।‘जे भएको छ केही भन्नै पर्ने छैन । सबै कुरा स्पष्ट पाइसकेको छ। तपाईंहरूले देखिहाल्नुभएको छ। जुन ढंगले सरकार अघि बढेको थियो।’ उनले … Read more

एसईई परीक्षामा सिन्धुलीका १८ विद्यालयको नतिजा शून्य

सिन्धुली : माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सिन्धुलीका १८ वटा विद्यालयको नतिजा शून्य आएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको एसईई परीक्षामा जिल्लाबाट सामेल भएका कुल १ सय ४५ माध्यमिक विद्यालयमध्ये १८ वटाको नतिजा शून्य आएको पाइएको हो। शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका अनुसार जिल्लाका १८ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको हो। प्राप्त … Read more

सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

 जनकपुरधाम । सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका-३ खोरियाटोलका सुशिल मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उनकै भाञ्जा करिब ८ वर्षीय आशिष मण्डल छन् । सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार हिजो सोमबार दिउँसो करिब १ बजेदेखि खेल्ने क्रममा दुवै बालक हराएका थिए । साँझ ५ … Read more

त्रिभुवन विमानस्थलभित्र कार दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सडकमा कार दुर्घटना भएको छ । बिहान करिब ८ बजे विमानस्थलका डिपाचरतर्फको सडकमा कार दुर्घटना भएको हो ।पार्किङमा रोकिराखेको कारमा अर्को कारले ठक्कर दिंदा चालक काठमाडौंकी ५७ वर्षीया विद्यामाली प्रधान घाइते भएको ट्राफिक प्रहरीका प्रवक्ता जीवन कुमार श्रेष्ठले बताए । उनकाअनुसार घाइतेको अवस्था गम्भीर रहेको छ । विमानस्थलमा मान्छे छाडेर आएको बा … Read more

सलमानलाई मार्न २५ लाखमा सम्झौता भएको खुलासा

काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेको नवी मुम्बई प्रहरीले नयाँ खुलासा गरेको छ । प्रहरीका अनुसार लरेन्स समूहले सलमानलाई मार्न २५ लाखमा सम्झौता गरेको खुलेको छ ।यस घटनामा पक्राउ परका लरेन्स गिरोहका ५ जना अभियुक्तविरूद्ध प्रहरीले अहिले मुद्दा दायर गरेको छ ।यी अभियुक्तहरू सलमानमाथि आक्रमण गर्न पाकिस्तानबाट एके–४७ राइफल, एके–९२ … Read more