पूर्वी नवलपरासीमा फेला पर्यो एक पुरुषको शव
नारायणी नदी किनारामा पर्ने नवलपरासी पूर्वको मध्यविन्दुमा एक पुरुषको शव फेला परेको छ। आज बिहान ८ बजे पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका- २ भुटाहास्थित नारायणी नदीको टापुमा पहिचान नखुलेको एक पुरुषको शव फेला परेको हो। उक्त शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।