‘युवा पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक छ’

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले आज लघु साना तथा घरेलु उद्योगको विकासका लागि सुझावसहितको दिएको ज्ञापनपत्र बुझ्दै उहाँले उद्यमशीलताको विकासले युवालाई विदेश पलायन हुनबाट रोक्न सहयोग पुग्ने बताउनुभएको हो । “अहिले युवामा देखिएका … Read more

सरकार परिवर्तनले सेयर बजारमा लाग्यो सर्किट ब्रेक

काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु)ले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । अब ४० मिनेटका लागि कारोबार … Read more

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने, विश्वासको मत सामना गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने भएका छन्।मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अहिले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो। ‘प्रधानमन्त्रीले गलेर छाड्ने कुरा भएन, गणित सो गर्न जाने, संसद् फेस गर्ने र विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीले धारणा बनाउनुभएको छ,’ माओवादी सचिव देवेन्द्र पौडेलले भने।एमालेले भने आजै आफ्ना … Read more

केपी ओली चौथो पटक प्रधानमन्त्री बन्दै, प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको तयारी

काठमाडौं । कांग्रेस–एमालेबीचको सहमतिअनुसार नेकपा एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री बन्ने भएका छन्। सोमबार मध्यरातमा दुई ठूला दलबीच भएको सहमति अनुसार आजै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। उनी पहिलोपटक २४ असोज ०७२ मा प्रधानमन्त्री बनेका थिए । संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उनले त्यतिवेला १० महिना सरकार सञ्चालन … Read more

भरतपुर महानगरपालिका वडा नम्बर २ मा लागु औषध दुव्र्यसन नियन्त्रण सम्बन्धी सचेतना

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ इन्द्रेणी टोलमा लागु औषध दुव्र्यसन नियन्त्रण सम्बन्धी सचेतना सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका वडा नं.०२ इन्द्रेणी चोक आपटारी स्थित ईन्द्रेणी टोल बिकास संस्था र जिल्ला प्रहरी कार्यालय चितवनको आयोजना, उक्त कार्यक्रम सम्पन्न गरिएको हो । स्थानीयलाई जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक श्रीराम भण्डारीले प्रशिक्षण दिनुभएको थियो … Read more

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज मंगलबारको मूल्यसूची तय गर्दै सोमबारको तुलनामा १०० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० कायम छ । हिजो छापावाल … Read more

रोल्पा परेवा छहरा जिप दुर्घटना : सातको निधन, आठजना घाइते

लुम्बिनी । रोल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु१ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडकखण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा आठजना घाइते भएका थिए । जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको बताइएको छ । घाइते मध्ये छजनाको अवस्था गम्भीर … Read more

भरतपुरमा ‘बाल उमङ्ग बीमा’ कार्यक्रमः सात सय ७६ जना बालिकाको जीवन बीमा

चितवन । भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने सात सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० बाट सुरु गरेको ‘छोरीसँग मेयर कार्यक्रम’अन्तर्गत दुई वर्षमा सो सङ्ख्यामा जन्मिएका बालिकाहरूको बीमा गरिएको हो । महानगर प्रमुख रेनु दाहाल दोस्रोपटक निर्वाचित भएपछिको पहिलो निर्णय यसलाई गरिएको थियो । महानगरको स्वास्थ्य तथा सामाजिक विकास … Read more

ओली र देउवालाई बालेनको व्यंग्य: ‘यो समय गिरिबन्धु चियाको हो। काले काले मिलेर खाऊ भाले’

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कांग्रेस र एमालेको सहमतिलाई व्यंग्य गरेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार चलाउने सहमति भएपछि प्रमुख शाहले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो। काले काले मिलेर खाऊ भाले।’ महानगर प्रमुख बालेनले पछिल्लो समय गिरीबन्धु टी–स्टेटबारे छानबिन हुनुपर्ने माग राख्दै आएका छन्। केही समयअघि उनले उक्त प्रकरणमा कुनै … Read more

प्रधानमन्त्री बन्नुअघि ओलीले बोलाए सचिवालय बैठक

काठमाडौँ । विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेकपा (एमाले) को सचिवालय बैठक बस्ने भएको छ ।आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको बताए ।कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएको छ … Read more