बलात्कार आरोपी शिक्षकलाई कडा कारबाही गर्न माग

काठमाडौँ । प्रतिनिधि सभा सदस्य शान्ति विकले बलात्कार घटनाका अपराधीलाई कठोर कानुनी कारबाही गर्न सरकारसँग माग गरेकी छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य विकले खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं. १२ को एक विद्यालयमा शिक्षकले नाबालिकालाई बलात्कार गरेको भन्दै कडा कारबाही गर्न माग गरेकी हुन् । उनले विद्यालय … Read more

जन्ती सबार बस दुर्घटना हुँदा १५ जना घाइते

धनुषा । धनुषामा जन्ती सबार बस दुर्घटना भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको बस सडक छेउमा पल्टिँदा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा राति ९ बजे जन्ती सबार ना ४ ख ४४९२ नम्बरको बस दुर्घटना … Read more

शिक्षकले फलामको स्केल प्रहार गर्दा विद्यार्थी टाउकोमा चोट

सुर्खेत, शिक्षकको कुटाइबाट सल्यानका एक विद्यार्थी टाउकोमा चोट लागेको छ । आइतबार सल्यानको त्रिवेणी गाउँपालिका–६ लुहाममा रहेको बल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी अरुण विकलाई शिक्षकले कुटेका थिए ।अरुणलाई कक्षा चलेका बेला खेलेको भन्दै शिक्षक चन्द्रबहादुर डाँगीले फलामको स्केलले हानेका हुन्। फलामको स्केल प्रहारबाट उनको टाउकोमा चोट लागेको हो।घाइते अरुणलाई तत्काल स्थानीय मेडिकलमा उपचारका … Read more

सुनको मूल्य बढ्ने क्रम रोकिएन

काठमाडौं आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। सोमबार सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सयमा कारोबार भएको छ। यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो।त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको … Read more

प्रचण्डलाई भेट्न ओली बिहानै बालुवाटार पुगे, बार्दलीमा फोटो सेसन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।पछिल्लो समय अन्य दलसँग संवाद बढाइरहेका अध्यक्ष ओली विहानै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।दुई नेताबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्ताको विषय सार्वजनिक भएको छैन ।नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाबीच प्रचण्ड र ओलीबीच भएको … Read more

नाइजेरियामा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते

बोर्नो– नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।घटनामा १८ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका नाइजेरियाकोे आपतकालीन सेवालाई उद्धृत गर्दै सिएनएनले समाचारमा उल्लेख गरेको हो । स्थानीय राज्य आपतकालीन व्यवस्थापन निकाय (सेमा) का प्रमुखले सन्दिग्ध आत्मघाती आक्रमणकारीले विस्फोट गराएको … Read more

नदीमा बगेर एक मजदुर बेपत्ता

कञ्चनपुरमा महाकाली नदीमा बगेर आज दिउँसो एक मजदुर बेपत्ता भएका छन् । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार महाकालीमा बगेर सुर्खेतको बराहताल गाउँपालिका–४ साजघाटका धनबहादुर गुरुङ बेपत्ता भएका … Read more

निकुञ्जका कर्मचारी मृत भेटिए

किमाथाङ्का– मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिएका छन् ।सङ्खुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका प्रथ प्रदर्शक ५० वर्षीय केशरबहादुर कार्की आज मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । उनलाई निकुञ्ज कार्यालयदेखि झण्डै तीन सय मिटरको दूरीमा स्थानीयले मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।कार्की … Read more

प्रचण्ड र ओलीले रविलाई सोधे- तपाईंहरूको पार्टीभित्र के भएको हो ?

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्ला दिनमा देखा परेका घटनाक्रमबारे चासो देखाएका छन्।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार दिउँसो प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल भएको थियो। यो छलफलको अन्तिमतिर उपप्रधान तथा गृहमन्त्री रहेका रास्वपा सभापति रवि लामिछाने पनि सहभागी भएका थिए। ‘तपाईंहरूको … Read more

भरतपुर क्यान्सर अस्पतालका तत्कालीन असिस्टेन्ट तामाङविरुद्ध भ्रष्टाचार मुद्दा

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तत्कालीन असिस्टेन्ट पदमा कार्यरत सुकबहादुर तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा तामाङविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप-पत्र दायर गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार तामाङले श्री पद्मोदय माध्यमिक विद्यालय रामशाह पथ काठमाडौंबाट एसएलसी उत्तीर्ण गरेको भनी जुनियर असिस्टेन्ट पदबाट … Read more