सिरहामा सर्पले डस्दा महिलाको मृत्यु

सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दैआएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो । चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको हो । उनको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । … Read more

दुई पार्टीबीचको सहमतिमा आशङ्का छः उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ,उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बीचको सहमतिको औचित्य र आवश्यकताप्रति आशङ्का व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उहाँले संसद्भित्रका दुई ठूला दलबीच नयाँ सरकार गठन गर्ने भएको सहमति राष्ट्रिय सहमति नभएको जिकिर गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का … Read more

क्यास एपमार्फत ५ करोडको अवैध कारोबार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । क्यास एपमार्फत पाँच करोड रुपैयाँ बराबरको अवैध कारोबार गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–८ का २२ वर्षीय गौरभ भट्टराई, सोही ठाउँका २३ वर्षीय सुजन दाहाल, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–६ का २२ वर्षीय सिद्धार्थ नेपाली, सुनसरीको धरान उपमहानगरपालिका–१५ का २४ वर्षीय आशुतोष कोइराला र उर्लाबारी–७ का २४ … Read more

मौसम प्रतिकूल अवस्थामा जोखिम जिल्ला र क्षेत्रको सडकमा रात्रिकालीन गाडी नचलाउने निर्णय

काठमाण्डाै – सरकारले जोखिम रहेका जिल्ला र क्षेत्रमा मौसम प्रतिकूल अवस्थामा रात्रिकालीन गाडी नचलाउने र यसको कडाइका साथ कार्यान्वयन गर्ने निर्णय नै गरेको छ । गृह मन्त्रालयले रात्रिकालीन बस सञ्चालनको विषयमा आज यातायात व्यवसायीका प्रतिनिधिसँग छलफल गरी यस्तो निर्णय गरेको हो । आज बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुई वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएपछि … Read more

अझै भेटिएन त्रिशुलीमा बेपत्ता बस, धमिलो पानी र उच्च बहाबका कारण खोजीमा कठिनाइ

चितवन,चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बसको अवस्था अझै अज्ञात छ । त्रिशूली नदीको उच्च बहाब र धमिलो पानीका कारण बस खोजीमा कठिनाइ भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार ‍खोजीकार्य जारी छ । बेपत्ता बसको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र … Read more

रविलाई ज्ञानेन्द्रको प्रश्न : सुशासनको गफ गर्नुभयो, तपाईंको अभिन्न मित्र जिबि राई खै समातेको ?

काठमाडौं : राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले सुशासनको झुटो दाबी गरेको बताएका छन्।अहिले कांग्रेस निकट बेचन झा पक्राउ गरेकोले एमाले-कांग्रेस मिलेको भन्ने रविको दाबी गलत रहेको उनले बताए। ‘सुशासनको भाषण गर्नुभयो। तर तपाईँको अभिन्न मित्र जिबी राई पक्राउ नगरी बिदा हुने हुनुभयो’, उनले भने। एक जनालाई पनि फाइल खोलेर जेल हाल्न नसकेको … Read more

अस्पतालहरुमा दैनिक चार हजार निःशुल्क बेड सुनिश्चित गरिएको छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम जनताले देखिने र बुझिने गरी आफू नेतृत्वको सरकार काम गरेको बताएका छन्। प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले देशैभरका निजी र सार्वजनिक अस्पतालमा विपन्न नागरिकका लागि दैनिक करिब चार हजार निःशुल्क बेड सुनिश्चित गरिएको बताए। उनले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण र खोप सुनिश्चित गरिएको तथा अस्पतालहरूमा … Read more

नारायणगढ-मुग्लिन सडकखण्ड अपडेट : ११ घण्टा पछि दुईतर्फी सडक खुल्‍यो

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोला क्षेत्रको सडकमा खसेको पहिरो हटाएर दुईतर्फी यातायात सञ्‍चालन गरिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार अवरूद्ध सडकको पहिरो पन्छाएपछि दुईतर्फी नै यातायात खुलेको हो । यसअघि कालीखोलामा माथिबाट ठूलो पहिरो झरेपछि पन्छाउन करिब ११ घण्टा समय लागेको डीएसपी रिजालले बताए । उनले भने, ‘रातिदेखिको पहिरो ठूलो एक्साभेटरको सहायताले … Read more

पौडिएर बाँचेका यात्रु भन्छन्- पानीमा झरेपछि मात्र बस खसेको थाहा पाएँ

पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसबाट बाहिर निस्किएका यात्रुले पानीमा झरेपछि मात्रै दुर्घटनाबारे थाहा पाएको बताएका छन्। शुक्रबार बिहान नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाउँदा दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेका छन्। त्रिशूलीमा पौडी खेलर तीन यात्रु जोगिएका छन्। सामान्य घाइते रहेका उनीहरूमध्ये दुई जनाको चितवन मेडिकल कलेज र एक जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। … Read more

प्रचण्डलाई योगेशको जवाफ : ढुक्क हुनुस्, स्वर्ग जाँदा सँगै लैजान्छौं

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान संशोधनमा प्रचण्डको पनि सहयोग र सहभागिता चाहेको बताएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले सचिव भट्टराईले संविधान संशोधन केमा गर्ने भन्नेबारे छलफल गर्ने बताए । आफूहरुले गर्ने संविधान संशोधन ०७२ को संविधानको अग्रगमनका लागि हुने भन्दै उनले … Read more